मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा सुमित्रा र राजन पहिलो

देश प्रदेश डेस्क 5095+ समाचार ( )
६ जेठ २०८१, आइतबार

झापा । पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरी पहिलो भएकी छिन् ।

आइतबार ललितपुरमा भएको प्रतियोगितामा दुवै विजेताले समान ५० हजार रुपियाँ प्राप्त गरे ।

राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे । खिमबहादुर खत्री १ घण्टा १७ मिनेट २४ सेकेन्डमा दोस्रो तथा धर्म महर्जन १ घण्टा १९ मिनेट ५८ सेकेन्डमा तेस्रो भए ।

महिलातर्फ सुमित्राले १ घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । उनीपछि पुष्पा भण्डारीले १ घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन् । मञ्जु सुनार दुई घण्टा ३ मिनेट ८ सेकेन्डको समयमा तेस्रो भइन् । पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए ।

सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डमा दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्डमा तेस्रो भए । महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डमा पहिलो, आशा रावत ३९ मिनेट ४.४० सेकेन्डमा दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा तेस्रो भए ।

पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डमा पहिलो, मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डमा दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा तेस्रो स्थानमा रहे । महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा पहिलो भइन् । उनीपछि २३ मिनेट ५०.९ सेकेन्डमा श्रेबी मजर्हन दोस्रो तथा २६ मिनेट ३९.८७ सेकेन्डमा पूर्णिमा श्रेष्ठ तेस्रो भए ।

ब्वाइज एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा त्रमशः शीर्ष तीन स्थानमा रहे । गर्ल्सतर्फ रजिना दुलाल, मनु खड्गी र कृटिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहे । दौड हिरो लिगको आयोजनामा भएको हो र यसलाई एनआरएस स्पोर्टस पाउन्डेसनले प्राविधिक सहयोग गरेको थियो ।

पाटन दरवार स्क्वारमा आयोजित दौडमा हजार भन्दा बढी धावक धाविकाको सहभागिता थियो । त्यसमा १५ देशका धावक धाविक सहभागी थिए । कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनका विभिन्न स्थान भएर त्यहीं टुंगेको थियो । ललितपुर उप–महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौडका शुभारम्भ गरेका थिए ।

कार्यक्रमको अन्त्यमा मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रकाश सायिमले विजयी खेलाडीलाई पदक तथा पुरस्कार वितरण गरे । दौड राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र ललितपुर उप–महानगरपालिकाको सहयोगमा भएको हो । दौड प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार