मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

विश्व बजारमा लगातार कच्चा तेलको भाउ घट्दै

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

झापा अन्तर्राष्ट्रिय बजारमा बितेको सात सातादेखि कच्चा तेलको भाउ निरन्तर घटिरहेको छ ।  तेलको भाउमा देखिएको यो कमी पाँच वर्षयताकै लामो अवधिको हो । अहिले विश्वभर तेलको उत्पादन बढिरहेको छ अनि पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)ले तेलको भाउलाई टेवा दिन आपूर्ति सीमित बनाउने वाचालाई बेवास्ता गरिरहेको छ ।

रुस र ओपेकका अन्य सदस्य राष्ट्रहरूको समूह ओपेक प्लसले सन् २०२४ को पहिलो त्रैमाससम्ममा तेलको उत्पादन दैनिक २२ लाख ब्यारेलले घटाउन सहमति गरेका छन् । तर सबै सदस्य देशहरूले यो सहमति मान्छन् भन्नेमा लगानीकर्ताहरुको आशंका छ । विशेष गरी चीनमा कच्चा तेलको भाउ घट्ने अनुमानले तेल बजार त्रस्त छ । अहिले चीनको उपभोक्ता मूल्य सन् २०२० को अन्त्यतिर कोभिडको संकट चरम भएयताकै तीव्र दरमा घटेको छ । उता, अमेरिकामा पनि ग्यासको मूल्य प्रति ग्यालन औसत ३ डलर १९ सेन्टमा झरेको छ । यो एक महीना अघिको तुलनामा २२ सेन्ट कम हो भने एक वर्ष अघिको तुलनामा १४ सेन्ट कम हो ।

ब्रेन्ट क्रुडको भाउ सोमबार १९ सेन्टले बढेर प्रतिब्यारेल ७६ डलर शून्य ३ सेन्टमा उक्लिएको थियो । वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)पनि ९ सेन्टको वृद्धिसहित ७१ डलर ३२ सेन्टमा पुगेको थियो । शुक्रवार भने दुवै बेन्चमार्क २ प्रतिशतभन्दा धेरैले बढेपछि यी दुबैको भाउ गएको ७ हप्तायता रातोमै छन् । स्वैच्छिक रूपमा ओपेक प्लसका देशहरूले उत्पादन घटाएको डेटाले स्पष्ट नदेखाएसम्म तेलको भाउमा उतारचढाव देखिने विश्लेषकहरु बताउँछन् ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बिहान ११ः२० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल शून्य दशमलव ५१ प्रतिशतले बढेर ७६ डलर ४० सेन्टमा पुगेको थियो ।सोही समयमा यूएस क्रुड आयल पनि शून्य दशमलव ५४ प्रतिशतले बढेर ब्यारेलको ७१ डलर ७२ सेन्ट कायम भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार