मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

दुईवटा मोटरसाइकल ठोक्किदा गौरीगञ्जमा एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
११ कार्तिक २०८०, शनिबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा झापाको गौरीगञ्ज ५ पेट्रोल पम्पनजिकै भित्री सडकमा हिजो बेलुका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

बेलुका करिब ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३प ६३६४ नं को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको को२८प ३०८६ नं को अर्को मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा ६३६४ न.को मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका ३ बस्ने ६० वर्षीय कैलाप्रसाद ताजपुरियाको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै ६३६४ नं को मोटरसाइकल चालक कैलाप्रसाद ताजपुरिया र अर्का मोटरसाइकल चालक रतुवामाई नगरपालिका वडा नं ६ बस्ने २५ वर्षीय तुलसीप्रसाद ताजपुरियालाई उपचारका लागि दमकको निम्स हस्पिटल लगिएको थियो । कैलाप्रसादलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

अर्का घाइते तुलसीप्रसादको उपचार भइरहेको र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार