मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापाका तीनवटा पानी उद्योगविरुद्ध मुद्दा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा दुषित पानी बेचेको प्रमाणित भएपछि झापाका तीनवटा पानी उद्योगविरुद्ध मुद्दा परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार झापाको बुद्धशान्ति–३ को भगवती बेभरेज इन्डस्ट्रिज, बुद्धशान्ति–७ को सुनमाई वाटर प्रालि र अक्वा टप मकालु मिनरल वाटर प्रालिविरुद्ध मुद्धा परेको हो ।

पानीको गुणस्तरमाथि प्रश्न उठेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अध्ययन गरेको थियो । आर्थिक वर्ष २०७९–८० मा पानीको गुणस्तरसम्बन्धी अध्ययन गर्दा झापाका तीन पानी उद्योगहरुमा उत्पादित पानी दुषित देखिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानेपानी गुणस्तर मापदण्ड–२०७९ थप परिस्कृत गरेर सार्वजनिक गरेको छ । जोखिम तथा सान्दर्भिकताका आधारमा थप परीक्षण गर्नुपर्ने पारामिटर विभागले तय गरेको छ ।

यस्ता पानीको स्रोत, अनिवार्य लेबल जस्ता प्रावधान पनि मापदण्डमा पर्दछन् । सफा बोटल र जारमा पानीको प्याकेजिङ, उत्पादन र उपभोग्य मिति अनिवार्य, पानीमा रहेको तत्वहरुको व्याख्या र उक्त पानीको गुणस्तरयोग्य रहेको प्रमाण उत्पादकले उपभोगकर्तालाई निश्चित गर्नुपर्ने हुन्छ ।

पानीको जार तथा बोतलको सरसफाई, सिलप्याक भए नभएको, पानीको उत्पादन र उपभोग्य मिति तथा पानी उत्पादन र बिक्रीका लागि अनुमति लिए नलिएको विवरण ख्याल गर्न सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार