मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

फाइल बुझाएपछि सीआईबी प्रमुखले भनिन् : ललिता निवासलाई न्याय गरेँ

देश प्रदेश डेस्क 5095+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

काठमाडौं प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कि निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ललितानिवासलाई आफूले न्याय गरेको बताएकी छन् ।

सीआईबीले मंगलबार चार पूर्वमन्त्रीसहित दुई सय भन्दा बढीलाई प्रतिवादी बनाएर सरकारी कागजात किर्ते तथा संगठित अपराधको कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालय काठमाडौंलाई रायसहितको प्रतिवेदन बुझाएको छ ।

उक्त प्रतिवेदन बुझाएपछि बज्राचार्यले भनिन्, ‘ललितानिवासको सरकारी जग्गा हडपिएको प्रकरणमा मेरो आफ्नो वर्कत, क्षमता र अधिकारले भ्याएसम्म न्याय गर्ने कोशिस गरेको छु । बाँकी अभियोजन गर्ने जिम्मा सरकारी वकिलको हो ।’

उनले पहिले नै रोकिएको मुद्दालाई सीआईबीले फेरि ब्यूँताएर अनुसन्धान गरी प्रतिवेदन बुझाएको बताइन् । ‘यो अवधिमा कमसेकम पूर्वप्रधानमन्त्रीहरुसँग कागज गर्नेदेखि पूर्वमन्त्रीहरुसँग बयान लिनेसम्म काम भएको छ’, एआईजी बज्राचार्यले भनिन्, ‘सीआईबीले निकै दुःख र इमान्दारिताका साथ काम गरेको छ ।’

प्रहरीले यो प्रकरणमा सोमबार बेलुकी पूर्वमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसँग बयान लिएको थियो । पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय शाहसँग पनि बयान भइसकेको छ । पूर्वमन्त्री डम्बर श्रेष्ठ भने फरार थिए ।

सीआईबीले ५७ दिनसम्म अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनमा चार पटक गरेर ललितानिवासको १४३ रोपनी जग्गा हडपिएको निष्कर्ष निकालिएको छ ।

सीआईबीले ललितानिवासको जग्गा चार पटक गरेर हडपिएको निष्कर्षसहित ४ वटा छुट्टाछुट्टै रायसहितको प्रतिवेदन बुझाएको छ । विभिन्न समयमा जफत गरिएका जग्गा फिर्ता गर्ने नाममा ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको सीआईबीको भनाइ छ ।

पछि नक्कली पशुपति टिकिन्छा गुठी खडा गरेर ४ रोपनी १४ आना २ पैसा २ दाम जग्गा हिनामिना गरेको प्रहरीको निष्कर्ष छ । त्यसमा ११० जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ ।

त्यसपछि पनि छुट जग्गा दर्ता गर्ने नाममा १२ आना २ पैसा जग्गा हिनामिना भएको प्रहरीको भनाइ छ । त्यसमा १३ जना संलग्न रहेको प्रहरी निष्कर्ष छ ।

बालुवाटारको विशिष्ट व्यक्ति निवास परिसर विस्तारका लागि सट्टापट्टा र सोधभर्नाको नाममा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ । यसमा ७४ जना संलग्न रहेको सीआईबीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार