मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

डेङ्गु सङ्क्रमण ७१ जिल्लामा फैलियो

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१ आषाढ २०८१, शनिबार

झापा  डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा  एक हजार एक सय ३० जनामा सङ्क्रमण देखिएको छ ।   गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए ।

उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए । “गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार