झापा । क्यान्सर रोग लागेर उपचारमा लाखौं रुपैयाँ खर्च गरिसकेका एक ब्यक्तिको परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।
क्यान्सर रोग लागेर आफ्नो भएको श्रीसम्पत्ति सकिएपछि झापाको हल्दिबारी
गाउँपालिका वडा नम्बर १ स्थित फारलाइनका क्यान्सर रोगी ४७ बर्षिय लोकबहादुर
रायमाझीको परिवारले सवै समक्ष सहयोगको अपिल गरेका हुन् ।
बैदेशिक
रोजगारीको सिलसिलामा साउदीमा रहँदा तीन बर्षअघि अल्सरको अप्रेशन गरेका
लोकबहादुरलाई पेटको क्यान्सर भएपछि हाल भारतको दिल्लीस्थित मेदान्त
अस्पतालमा उपचारत रहेका छन् ।
पेटको समस्या भएर काठमाडौंको टिचिङ अस्पतालमा परिक्षण गराउँदा उनलाई
क्यान्सर भएको गत माघमा पत्ता लागेको उनकी बुहारी सीता रायमाझी र मेनुका
तामाङ(रायमाझी) ले जानकारी दिए ।
उनको उपचारमा हालसम्म २५ लाखबढी
रुपैयाँ खर्च भइसकेको र अव ३० लाखबढी रुपैयाँ भए उनको ज्यान बच्ने उनका
भतिज प्रज्वल रायमाझीले बताए । क्यान्सर रोगी लोकबहादुरकी एक १४ बर्षिया
छोरी छिन् भने उनकी श्रीमती बिसुमाया राई हाल श्रीमानको उपचार र रेखदेखको
लागि दिल्लीस्थित अस्पतालमै रहेकी उनका सालो जसु राईले जानकारी दिए ।
सामान्य परिवारका लोकबहादुरको उपचारमा भएको सवै सम्पत्ति सकिएपछि अहिले
थप उपचारका लागि परिवारले झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको
गंगामाया नगरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थालाई सहयोगका लागि
गुहारेका छन् ।
गंगामाया नगरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष भूपाल
बस्नेतले शुक्रवार क्यान्सर रोगी लोकबहादुरको उपचारमा आर्थिक सहयोग गरिदिन सवैमा आग्रह गरेका छन् ।
अध्यक्ष बस्नेतले आर्थिक संकलनका लागि बिभिन्न ठाउँमा स्थानीय
युवाहरुलाई समेटेर समिति गठन गरेर आर्थिक संकलन गरिने बताएका छन् ।
लोकबहादुरलाई सहयोग गर्नेले उनकी
श्रीमती बिसुमाया राईको नाममा रहेको सानीमा बैंक काठमाडौं शाखाको खाता
नम्बर ००९०११०९००००९७९ मा सहयोग गर्न सकिनेछ ।