मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

पत्रकार सन्तोष न्यौपाने पुरस्कृत

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२४ भाद्र २०८०, आइतबार

झापा झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघले शनिवार आज बिर्तामोडमा आयोजित आठौँ अधिवेशनका अवसरमा पत्रकार न्यौपानेलाई सम्मान गरेको हो ।

एभिन्युज टेलिभिजनका झापा संवाददाता रहेका न्यौपानेले महासंघका गतिविधिलाई उच्च महत्त्व दिएर प्रकाशन प्रसारण गर्दै आएका छन् ।पत्रकारितामार्फत व्यावसायिक क्षेत्रमा गरेको योगदानको कद्दर स्वरूप उनलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले उनलाई दोसल्ला ओढाएर नगद आठ हजार एक सयसहित सम्मानपत्रद्धारा सम्मान गरेका हुन् । पत्रकार न्यौपानेसँगै कृषक भीमलाल मावो, लघु उद्यमी माया गुरुङ, व्यवसायी प्रभातकुमार अग्रवाल र उत्कृष्ट जिल्लाका रुपमा कास्कीलाई सम्मान गरिएको छ । 

कार्यक्रममा प्रमुख अतिथि ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, महासंघका सल्लाहकार दीपक नेपाल, निवर्तमान अध्यक्ष राजकुमार कार्की, किसानका तर्फबाट ताप्लेजुङका हर्कबहादुर गुरुङ, खोटाङ जिल्ल अध्यक्ष प्रेमकुमार राई, अलैँची विकास केन्द्र फिक्कलका राजन परियार लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।  कार्यक्रमको सञ्चालन महासंघका महासचिव नारायणप्रसाद चिमरियाले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार