मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ

देश प्रदेश डेस्क 5094+ समाचार ( )
९ वैशाख २०८३, बुधवार

 भारतबाट पाटाको सागमा ब्राउन सुगर लुकाएर ल्याउने एक महिला भद्रपुर नाकामा पक्राउ परेकी छन् । हिजो दिउँसो  ४ः३०बजे भद्रपुर ५मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री भद्रपुर ६कृष्णा कम्प्लेक्स सिनेमा हलनजिक बस्ने ५० वर्षीया खैरुन खातुनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले हातमा बोकेको कालो प्लाष्टिकको झोलामा पाटा सागको मुठाभित्र लुकाएर ल्याउँदै गरेको प्लाष्टिकसहित ४ग्राम १४० मिलिग्राम र प्लाष्टिकबाहेक ३ ग्राम ७४०मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

त्यस्तै गएराति ८ः३०बजे दमक ८किरात चोक बस्ने २२ वर्षीय एलिसराज खरेल ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खरेलको घर खानतलासी गर्ने क्रममा उनी सुत्ने कोठाको खाटमुनि पोका पारी राखेको अवस्थामा प्लाष्टिकसहित ६ग्राम९७०मिलिग्राम र प्लाष्टिकबाहेक ५ग्राम७३०मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजुसमेत फेला परेको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार