मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

झापाको भद्रपुर नगरपालिका–४ मन्त्रीचोकमा सोमबार राति राधाकृष्णको अष्टजाम हेर्न गएका दुई समूहबीच झडप हुँदा एक किशोर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मिति २०८३ साल बैशाख ७ गते राति करिब ९:३० बजेतिर भएको उक्त घटनामा कचनकवल गाउँपालिका–४ निवासी १७ वर्षीय बिक्रम माझी घाइते भएका हुन्। उनको टाउको र कानमा चोट लागेको छ। हाल उनको अवस्था मध्यम रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि भद्रपुर प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा:

  • भद्रपुर नगरपालिका–७ बोक्तोबारी बस्ने १८ वर्षीय आदित्य सहनी
  • सोही स्थानका १९ वर्षीय रोमन मिस्त्री
  • सोही स्थानका १८ वर्षीय बिबेक राजबंशी
  • भद्रपुर–६ फुटानीचोक बस्ने १८ वर्षीय प्रल्हाद राजबंशी रहेका छन्

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार