झापा । झापामा पहिलो पटक जनकल्याण प्रतिष्ठान,एकल विद्यालय(बाल संस्कार केन्द्र)को भवन शिलान्यास गरिएको छ । आफ्ना बालबालिकामा संस्कार हराउदै गइरहेको विषयलाइ मध्यनजर गरी एकल विद्यालय अभियान नेपालद्धारा झापा हल्दीबारी ३ ढडुवा चोक उत्तर तुलसीबारीमा सत्सँग भवन शिलान्यास गरिएको हो ।
जनकल्याण प्रतिष्ठान नेपाल कोशी प्रदेशका अध्यक्ष जितेन्द्र कुमार राठी प्रतिष्ठानका पदाधिकारी,जग्गा दाता ,जनप्रतिनिधि लगायतले शुक्रबार संयुक्त रुपमा भवन शिलान्यास गरेका थिए ।
हल्दीबारी ३ तुलसीबारी निवासी ईश्वरा कँडेल तिवारीको परिवारले एक कठ्ठा जमिन प्रतिष्ठानका नाममा निः शुल्क दान दिएपछि सो क्षेत्रमा भवन निर्माण हुने भएको हो ।
बालबालिकालाइ संस्कार सिकाउदै कुलतमा फसेकाहरुलाइ रोक्न यो अभियान सफल हुदै गएको पुष्टि भएपछि जग्गा दान दिएको जग्गाधनी एवम कोशी प्रदेश उपाध्यक्ष ईश्वरा कँडेल तिवारीले बताइन् । बालबालिकाहरुमा संस्कार नभएपछि सवैकुराहरु लोप हुदै जाने भएकोले चार देखि चौधबर्ष उमेर समूहका बालबालिकालाइ यो अभियानले अध्यापन गराउदै आइरहेको उनले बताइन् ।
चार देखि चौध बर्षसम्मका बालबालिकालाइ संस्कारी बनाउने यसको मुख्य उद्देश्य रहेको जनकल्याण प्रतिष्ठान,एकल विद्यालय गौरीगञ्जका सञ्चप्रमुख पिताम्बर बरालले बताए । गाउँ–गाउँमा छरिएर बसेका विद्यालय जानबाट बञ्चित रहेका बालबालिबाहरुलाइ संस्कार सिकाउने अभियान जारी राखिएको उनले बताए ।
सनातनीहरुका लागि यो भवन महत्वपूर्ण हुने जनकल्याण प्रतिष्ठान,एकल विद्यालय झापा अध्यक्ष शङ्कर भट्टराइले बताए । भवन निर्माण समिति गठन भइसकेकोले भवन निर्माणका लागि सवै दाताहरुमा उनले सहयोगको आब्हन समेत गरे । चार देखि चौध बर्षसम्मका बालबालिकालाइ धर्म संस्कृति,रिती रिवाज,परम्परा लगायतका बारेमा ज्ञान दिदै आइरहेको जनकल्याण प्रतिष्ठान,एकल विद्यालय अभियान (बालसंस्कार)कोशी प्रदेश अभियान प्रमुख योगमाया न्यौपानेले बताइन् । भूगोल र समय मिलाएर विहान या वेलुका बालबालिकाहरुलाइ एकल विद्यालय मार्फत ज्ञान दिदै आइरहेको उनले बताइन् ।
प्रति विद्यालय बार्षिक ३६ हजार रुपैयाँमा सञ्चालन हुदै गरेको र सो रकम दाताबाट चलेको उनले बताइन् । हाल निर्माण हुने भवन हलसहित एकवटा कोठा र सौचालय हुनेछ भने विराटनगरका उद्योगी प्रकाश मुन्डराले निर्माणमा सहयोग गर्ने उनले जानकारी दिइन् ।
एकल विद्यालयमार्फत विभिन्न शिक्षा प्रदान गरिदै आइरहेको जनकल्याण प्रतिष्ठान,एकल विद्यालय अभियान कोशी प्रदेशका अध्यक्ष जितेन्द्र कुमार राठीले बताए । बालबालिकाहरुलाइ पञ्चमुखी , प्राथमिक स्वास्थ्य , संस्कार , जागरण र ग्रामिण विकास शिक्षाको ज्ञान दिदै आइरहेको उनले बताए । वि.सं. २०५३ सालदेखि धाधिङ्बाट सुरु भएको एकल विद्यालय कोरोना कालभन्दा अघि नेपालभर २५ सय रहेकोमा हाल ११ सय विद्यालय सञ्चालनमा रहेको उनले बताए ।
जिल्ला अध्यक्ष शङ्कर भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सदस्य इश्वर पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रममा तोयानाथ सुवेदीले औचित्यमाथि प्रष्ट पारेका थिए । उनले नैतिक शिक्षा हराउदै गइसकेपछि यसलाइ संस्कारको माध्यमबाट बालबालिकालाइ संस्कारी बनाउन यो अभियानले टेवा पुर्याउदै आइरहेको बताए । महापुरुष,गिता गङ्गा,गायत्री,देश,मातापिता लगायतका विषयमा पूर्ण ज्ञान दिलाउन यो अभियान जारी रहेको उनले बताए । सवै दताहरुबाट यो संस्था चलिरहेको उनले जनाए ।
झापामा ६० वटा सहित कोशी प्रदेशमा २ सय ५० गरी नेपालभर ११ सय एकल विद्यालय सञ्चालनमा रहेको प्रतिष्ठानको अभियान हाल ५२ जिल्लामा सञ्चालित छ ।