मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरद्वारा ८० करोड ५८ लाख राजस्व सङ्कलन

देश प्रदेश डेस्क 5188+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

झापा भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०र८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजस्व सङ्कलन गरेको छ । ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो ।

आव २०८०र८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए । गत आव २०७९/८० कोे तुलनामा रु २२ करोड १२ लाख ६९ हजार एक सय ९९ ले राजस्व वृद्धि भएको उनले जनाए  । गत आवमा रु ५८ करोड ४५ लाख ४५ हजार तीन सय ९३ राजस्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा सेवा करवापत रु सात करोड ५१ लाख ३९ हजार चार सय ७६, रजिष्ट्रेशन दस्तुरबाट रु ४७ करोड ३० लाख ३० हजार पाँच सय ५४, छुटवापत रु छ करोड २७ लाख ८७ हजार छ सय १२, डोर सुविधा शुल्क रु एक लाख ८९ हजार, पुँजीगत लाभकर रु ३२ करोड एक लाख २५ हजार दुई सय ६७ र विलम्ब शुल्कवापत रु एक लाख १७ हजार नौ सय छ राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार