मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

सुधार केन्द्रमा अभिभावकमाथि निर्घात कुटपिट ,तीन घाइते

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

झापा पुनस्थापना केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालकसहित कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका छन्  ।  झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनस्थापना केन्द्रकाे  कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन् । घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ ।घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
सञ्चालक आकास खड्कासँग हरहिसावका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गाली गलौज गर्दै एक्कासी कुटपिट गरेको पीडित परिवारका खगेन्द्र तामाङले बताएका छन् । खड्काले पहिले सम्झौता गरेको भन्दा १९ हजार बढी रकमको माग गरे पछि त्यसको कारण परिवारले सोध्दा खड्काले अश्लिल शब्दको प्रयोग गरेको तामाङले बताए ।
तामाङका अनुसार खड्काले प्रश्न सोध्ने महिला सविना तामाङलाई झापड हानेपछि उनीसँग गएका मनकुमार फेदाङ र बाबुराम योङहाङले प्रतिकारको प्रयास गरेका थिए । तर, खड्काले आफ्नो साथीहरु बोलाएर ढोका थुनी निर्घात कुटपिट गरेको तामाङले बताएका छन् ।
यस घटनालाई लिएर पीडित परिवार प्रहरी कहाँ जाँदा प्रहरी ईनिसपेक्टरले जाहेरीको कुरै सुन्न नमानेको तामाङले बताए । उनी भन्छन्, ‘पहिले जाहेरीको कुरै सुन्न नमाने पछि एक जना पत्रकारलाई बोलाएर डिएसपीसँग कुरा गरयौं । उहाँ जाहेरी लिन मान्नु भयो तर दर्ता गराउनु भएन ।’ उनी भन्छन्, ‘महिलासमेत कुटपिट हुँदा पनि प्रहरीले जाहेरी लिन मानेन । यस्तो गम्भीर विषयमा पनि प्रहरीले चासो नलिएको देख्दा नराम्रो लाग्यो ।’
खड्काले आफन्त लिन आएको समयमा तामाङ परिवारसँग सामान्य विवाद मात्र भएको बताए । उनले भने, ‘उहाँहरु आफन्त छुटाउन आउनु भएको थियो । छुटाउनलाई पैसा नपुगेपछि उहाँहरुले विवाद सिर्जना गर्दै हामीमाथि आक्रमण गर्नु भयो । हामीले आत्मासुरक्षाको निम्ति साधारण ठेलमठेल मात्रै गरेका हौँ।’ खड्का यस घटनाको सबै कुरा सिसिक्यामेरकामा भएको बताउँछन् । उनले कुटपिट गरेको बिषय अस्विकार गर्दे आफूले आत्मसुरक्षा मात्र गरेको बताएका छन् ।
खड्काका अनुसार मदन तामाङलाई छुटाउन ४९ हजार रकम आवश्यक रहेको र उक्त रकम नपुगेका कारण विवाद सिर्जना भएको हो ।
आफन्त तीनजनालाई कुटपिट गरेपछि उपचारमा आएका मदन तामाङलाई भने खड्काले घर पठाएका छन् । इजलाशबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार