मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

पत्रकार महासंघको केन्द्रीय महाधिवेशन बैशाख २१ गते

देश प्रदेश डेस्क 5423+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

झापा नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आगामी बैशाख २१ गते हुने भएको छ ।

बुधवार बसेको केन्द्रीय समितिको बैठकले बैशाख २१ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ बैशाख २१ र २२ गते विश्व शान्तिका मुहान गौतम वुद्धको जन्मस्थल लुम्बिनीमा महाधिवेशन गर्ने निर्णय भएको महासचिव रोशन पुरीको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय पनि गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न बैठकले निर्देशन दिएको छ । अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ । सो समितिले महाधिवेशनको सम्पूर्ण तयारी लगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ । सोही अनुसार बैठकले समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ ।

जसअनुसार कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, वाग्मती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

केन्द्रीय साधारण सभामा सहभागी भएका राष्ट्रिय परिषद् सदस्यहरू नै महाधिवेशनमा सहभागी हुने नेपाल पत्रकार महासंघको विधानले व्यवस्था गरेको जानकारी समेत गराएको छ ।  प्रदेश तथा शाखा समितिको अधिवेशन र केन्द्रीय महाधिवेशनमा सांगठानिक, आर्थिक प्रतिवेदन र समसामयिक प्रस्तावमा छलफल हुनेछ ।

बैठकले यस वर्षको महाधिवेशनलाई विश्वव्यापी रुपमा पत्रकार तथा सञ्चार क्षेत्रमा देखिएको संकटका विषयमा छलफल गर्ने र उक्त निष्कर्षलाई लागू गर्न केन्द्रित गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार