मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

भद्रपुरका ६५ जना किशोरीलाइ आत्मरक्षा तालिम

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

झापा झापाको भद्रपुरमा किशोरीहरुको लागि जीवन उपयोगी सीपसम्बन्धी आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

 मेची रंगशालाको कभर्ड हलमा भएको तालिममा भद्रपुर वडा नम्बर ७, ८, ९ र १० का विद्यालयहरुका कक्षा ८, ९ र १० मा अध्ययनरत ६५ जना किशोरीहरु सहभागी थिए ।

भद्रपुर नगरपालिकाले आयोजना गरेको तालिम समुदाय–प्रहरी साझेदारीअन्तर्गत किशोरीहरुलाई लक्षित जनचेतनामुलक प्रशिक्षण प्रदान गरिएको थियो ।

भद्रपुर नगरपालिकाको सामाजिक विकास शाखाले संयोजन गरेको तालिममा प्रहरी चौकी जलथलका प्रमुख प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले लागुऔषध, घरेलु हिंसा, महिला तथा बालबालिकामाथि हुने अपराधका विषयमा जनचेतनामुलक प्रशिक्षण प्रदान गरेका थिए ।

त्यस्तै, भद्रपुर नगरपालिका सामाजिक विकास शाखाका सञ्जु कोइराला, कराते प्रशिक्षक सौरभ प्रधान, आत्मरक्षा प्रशिक्षक सम्झना सारु मगर र विद्यालय नर्स रविना राजवंशीले समेत सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

भद्रपुर नगरपालिका कार्यपालिका सदस्य सीता ढकालले अध्यक्षता गरेको कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार