मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

बिर्तामोडमा इन्टरनेटको तार काटिने

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

झापा अव्यवस्थित तारकै कारण अतिथि सदन लगायतका टोलका पोलमा आगो लागेर विभिन्न प्रकारका क्षति भएपछि विर्तामाेड नगरपालिकाले चासाे देखाएकाे छ  । वडाअध्यक्ष  १ का अग्निप्रसाद पाण्डेले आइतबार वडा कार्यालयमा छलफल राखेर विभिन्न ईन्टरनेट कम्पनी तथा केवल नेटवर्क सञ्चालकहरुको उपस्थितिमा चासाे देखाएका थिए । वडा नम्बर १ मा सञ्चालनमा रहेका केवल नेटवर्क तथा ईन्टरनेट कम्पनीको तार व्यवस्थित गरिने छलफल भएको छ ।

छलफलमा वडा नम्बर १ भित्र सञ्चालनमा रहेका ईन्टरनेट तथा केवल नेटवर्क कम्पनीहरुलाई ३ दिन भित्र सूचिकृत हुन समय प्रदान गरिएको छ । अन्यथा वडाको रोहबरमा नेपाल टेलिकम मार्फत तार काट्ने निर्णय गरिएको छ ।

यस्तै गत जेठ १६ गते पञ्चकन्या, उन्नती र प्रगती टोलका पोलमा आगो लाग्दा नजिकका घरमा भएको क्षतिको विवरण संकलन गरि प्रतिवेदन तयार पार्ने र क्षतिपुर्तिको व्यवस्थाको लागि माग गर्ने निर्णय भएको छ ।

यसैगरी वडा नम्बर १ मा अव्यवस्थित रहेका टेलिफोनका तार, ईन्टरनेट, डिसहोम लगायतका झुप्पा तार व्यवस्थापन गर्न आगामी मंसिरसम्मको समय प्रदान गरिएको जनाईएको छ । त्यसका लागि नेपाल विद्युत प्राधिकरणको केवल व्यवस्थापन सम्पन्धि नीति वमोजिम गर्ने निर्णय भएको हो ।

छलफलले समस्या समाधानको लागि नेपाल टेलिकमका ईन्जिनियर काजीमान विश्वकर्माको संयोजकत्वमा समिति समेत निर्माण गरिएको छ । जसको सदस्यमा कृष्ण कुईकेल मेची स्पेशलिंक, कमल कार्की वल्ड लिंक, कौशल अधिकारी डिस होम र विजय अधिकारी सुबिसु रहेका छन् ।

छलफलमा वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, बिर्तामोड कार्यपालिका सदस्य यमुना आचार्य, वडा सदस्य योगचन्द्र आङ्बुहाङ, वडा सचिब टिका अधिकारी लगायत विभिन्न टोलविकास समितिका अध्यक्ष, सल्लाहकार, वाणिज्य संघका प्रतिनिधि र केवल तथा ईन्टरनेट कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार