मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |

शरीरमा पानी कम हुँदा देखिने समस्या

देश प्रदेश डेस्क 5084+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ ।

थकान
पानीले शरीरलाई उर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ । पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ । शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन् ।

दम
जब शरीरमा पानीको कमि हुन्छ, त्यसपछि श्वासप्रश्वास प्रणालीमा समस्या पैदा हुन्छ । जसका कारण श्वास लिन समस्या हुन्छ । यदि अचानक दम हुन्छ भने बिरामीलाई बढीभन्दा बढी पानी पिउन दिनुपर्छ । पानीका साथ जुस, नरिवल पानी, लस्सी आदि भरपूर पिउन दिनुपर्छ । यसबाट तीव्र्र गतिमा श्वास लिने समस्या कम हुन्छ ।

रक्तचाप
गर्मीमा अक्सर पसिना बढी बग्दा शरीरको रगतमा रहेको पानीको मात्रामा कमि आउन सक्छ । यस्तो अवस्थामा धेरै पानी खाने सल्लाह दिइन्छ । उच्च रक्तचापका बिरामीले छिन छिनमा पानी पिउनुपर्छ । शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ ।

उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोल एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ । जब आवश्यकताको हिसाबले पानी पिइँदैन, शरीरले बढी मात्रामा कोलेस्टेरोल निर्माण गर्छ । यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्टेरोलको समस्या पैदा हुँदैन ।

छालासम्बन्धी समस्या
पानीमार्फत छालाको राम्रो हेरचाह हुन्छ । छालाले शरीरका लागि सुरक्षाकवचको काम गर्छ । यसले पानीको स्तर पनि नियन्त्रित गर्छ । पानी भरपूर पिउनाले छाला नरम पनि बन्छ । पानीको कमि हुँदा छाला रुखो र निस्तेज हुन्छ । डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिसजस्ता विभिन्न समस्या निम्तने डर हुन्छ ।

पाचनसम्बन्धी समस्या
शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमि हुन्छ, जसबट शरीरमा पाचनसम्बन्धी कयौँ समस्या निम्तन सक्छ । जस्तैः अल्सर, ग्यास आदि । खाना पचाउन पनि पानी आवश्यक हुन्छ ।

तौल बढ्ने
खानाबाट प्राप्त क्यालोरीलाई जलाउन पानीको महत्वपूर्ण भूमिका हुन्छ । पानीको मात्रामा कमि आउनाले क्यालोरी जलाउन पर्याप्त पानी नपाउने हो भने बोसो कम नष्ट हुन्छ र तौल बढ्ने समस्या हुन्छ ।

मानसिक स्वास्थ्यमा असर
डिहाइड्रेसन मानिसको दिमागको कार्यकुशलतालाई प्रभावित गर्न सक्छ । लण्डनमा मनोचिकित्सा संस्थानका अनुसन्धानकर्ताहरुले के पाए भने शरीरमा जब पानीको कमि हुन्छ, त्यसले उसको दिमागी गतिविधिमा निकै असर पार्छ ।

मधुमेह
मधुमेह पीडित हुँदा बढेको ब्लड सुगरको स्तर पिसाबको रुपमा बहिर निस्कन्छ । योभन्दा बढी भयो भने कमजोरी महसुस हुन्छ र शरीरमा पानीको कमि हुन्छ ।

जोर्नीमा प्रभाव
पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउँछ । यसको कमि हुनाले जोर्नी वा मांसपेशीमा पीडा हुन सक्छ । शरीरमा पानीको कमिका कारण रगतको मात्रामा पनि कमि आउन सक्छ । रगतमा आउने यो कमिका कारण जोर्नीको समस्या पनि आउन सक्छ ।

मिर्गौलाको समस्या
शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्वको निर्माण हुन्छ । यी विषाक्त पर्दा शरीरबाट बाहिर निकाल्न जरुरत हुन्छ । पानी कम हुँँदा यस्ता विषालु तत्व शरीरमा बनिरहन्छन् र कयौँ प्रकारका रोग लाग्न सक्छन् ।

स्रोतः वान्लीमाइ हेल्थ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार