मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

मलेशिया गएका अर्जुनधाराका युवा १६ वर्षदेखि सम्पर्कविहिन भएपछि परिवारमा चिन्ता

देश प्रदेश डेस्क 5188+ समाचार ( )
२२ पौष २०८०, आइतबार

झापा । घरको नाजुक अवस्थाका कारण २० वर्षअघि कमाउन मलेशिया गएका अर्जुनधारा नगरपालिका–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहिन भएपछि परिवारमा चिन्ता बढेको छ ।

मेचीनगर नगरपालिका–१३ नम्बर वडासँग सिमाना जोडिएको अर्जुनधारा–११, प्रगतिटोल स्थित देउनियाँ वस्तीका विनोद विश्वकर्मा २०६० सालमा २२ वर्षको उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण कमाउन मलेशिया हानिएका थिए ।

उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भनिन् –‘२२ वर्षको हुँदा मलेशिया गएको थियो । गएको ४ वर्षसम्म सम्पर्कमा नै थियो । त्यहाँदेखि छोरो सम्पर्कमा छैन । मलेशिया गएको २० वर्ष भइसक्यो । छोरो अहिले ४२ वर्षको भयो । कहाँ छ, के गर्दै छ । अहिलेसम्म केहि थाहा पत्तो लागेको छैन ।’

सुकमायाका ३ छोरा र २ छोरी छन् । विनोद घरको जेठा छोरा हुन् । माइला भिम घरमा आमा–बुबासँगै छन् भने कान्छा छोरा टेकबहादुर कमाउन विदेश जाने तयारीमा काठमाडौँमा भौतारिरहेका छन् । दुईजना छोरीहरु रुमा र लीलाको विहे भइसकेको छ ।

उनका ७१ वर्षीय श्रीमान विरबहादुर घरैमा छन् । उनी धामीको रुपमा झारफुक गर्छन । विरबहादुरका अनुसार गएको ४ वर्षपछि म विरामी भएको बेला छोरासँग अन्तिम पटक कुराकानी भएदेखि अहिलेसम्म सम्पर्कमा आएको छैन ।

घरको अवस्था देखेर कमाउन गएको छोरो अहिलेसम्म फर्केर नआएपछि हामी चिन्तामा रहेको विरबहादुरले सुनाए । विरबहादुर भक्कानिदैँ भन्छन्–‘विभिन्न सपना बोकेर कमाउन विदेश गएको छोरोले न पैसा पठायो, न मान्छे नै आइपुग्यो । पैसा नपठाए पनि छोरो सकुशल घर आईदे हुन्थ्यो ।’

सुकमायाले त्यतिखेर ९० हजार ऋण खोजेर छोरालाई आफ्नै भाइ नरबहादुर मार्फत स्थानीय विकास सुब्बा (डोले) ले काठमाडौँको एक मेनपावरबाट मलेशिया पठाएको बताइन् ।

छोराले ९० हजार ऋण तिरेर श्रीमान विरामी हुँदा थप २० हजारसहित एकलाख रुपैयाँ पनि पठाएको सुकमायाको भनाई छ । तर, त्यसपछि पैसा पनि पठाएन, छोरो पनि सम्पर्कमा नआएको उनले बताइन् ।

उनले छोरा जहाँ, जस्तो अवस्थामा भएपनि खोजी गरिदिन सबैलाई आग्रह गरेकी छिन् ।

८÷९ वर्षअघि स्थानीय हरिचन्द्र राउत मलेशिया गएका थिए । राउतलाई त्यसबेला विनोदले मलेशियाको पेनाङ स्थित बल्क्षी फेक्ट्रीमा काम गरिरहेको बताएका थिए । हरिचन्द्र र विनोदको रुम नजिक रहेको थियो । उनीहरुले रासन खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहिँ भेट भएको हरिचन्द्रले बताएका थिए ।

हरिचन्द्रका अनुसार विनोदसँग भेट हुँदा घरजान मन थियो भनेका थिए । तर, एकवर्ष म्याद थपेकोले जान नपाइने भयो भनेर कुरा गरेको हरिचन्द्रले बताएका थिए । हरिचन्द्र घर आए तर, विनोद अहिलेसम्म घर आएका छैनन् ।

विनोदका परिवारले ५ वर्षअघि डोलेसँग कुन मेनपावरबाट छोरालाई पठाएको हो खोजी गरिदिन आग्रह गरे । डोलेले कुन मेनपावरबाट हो मैले पनि विर्सिसके भन्ने जवाफ दिएको सुकमायाको गुनासो छ । मेचिनगर अनलाइनबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै