मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बिर्तामोडको किंग्सवेरीको क्यासिनोमा जुवा खेल्दाखेल्दै भारतीय ढले

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

झापाको बिर्तामोड– ३ स्थित होटेल किंग्सवेरीको क्यासिनोमा जुवा खेल्दाखेल्दै एक भारतीय ढलेका छन् । गएराति ९.१० बजेतिर भारत उत्तर प्रदेश बस्ने ३६ वर्षीय सोनु सहनी किंग्सवेरीको क्यासिनोमा जुवा खेल्दाखेल्दै ढलेका हुन् । होटेल किंग्सवेरीमा विगत दुई दिनदेखि बस्दै आएका सहनी होटेलको क्यासिनोमा जुवा खेल्ने क्रममा प्रेसर हाईको कारण अचानक ढली बेहोस भएका थिए । सहनीलाई सोही होटेलका कर्मचारी नवीन पोखरेलले बिर्ता सिटी अस्पताल बिर्तामोड पुर्‍याएका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मादक पदार्थ सेवन गरेका सहनीले जुवामा हारेपछि ढलेको बताइएको छ । अस्पताल ल्याएपश्चात् सामान्य हातखुट्टा चलाउन थालेको, बोली नखुलेको र अवस्था मध्यम रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर घटनाबारे बुझ्ने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार