मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयन सार्वजनिक

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

झापाझापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ ।
बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो ।
‘झापा स्पोर्टस् अवार्ड’ पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा तीनतीनजना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एकएकजना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए ।
वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा रोशन मगर (आइटिएफ तेक्वान्दो), प्रारम्भ भण्डारी (पौडी) र अनन्त तामाङ (फुटबल), वर्ष उत्कृष्ट खेलाडी (महिला) मा त्रिशा जवेगू (बक्सिङ), अनुजा कुलुङ राई (कबड्डी) र सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस) रहेका छन् ।
त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (युवा) मा प्रारम्भ भण्डारी (पौडी), कृतिसरा अधिकारी (बुद्धिचाल) र योगिता काम्बाङ (आर्चरी), पिपल्स च्वाइस खेलाडीमा रुविना क्षेत्री (क्रिकेट), विनिता बुढाथोकी (भलिबल) र सुस्मिता राई (बक्सिङ) र वर्ष उत्कृष्ट प्रशिक्षकमा डम्बर लिम्बू (बक्सिङ), नविन तामाङ (आइटिएफ तेक्वान्दो) र भूपेन्द्र निरौला (बुद्धिचाल) रहेका छन् ।
वर्ष खेलाडी पुरुष र महिलालाई जनही नगद एक लाख र ट्रफी, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार र ट्रफी, पिपल्स च्वाइस खेलाडीलाई नगद २५ हजार र ट्रफी, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।
त्यस्तै, स्पेशल अचिभमेन्ट अवार्डका खेल प्रतिभालाई नगद २५ हजार र ट्रफी, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार र ट्रफी र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ५० हजार र ट्रफी प्रदान गरिनेछ ।
स्पेशल अचिभमेन्ट, उत्कृष्ट खेल पत्रकार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका प्रतिभाको नाम अवार्डको दिन घोषणा गरिनेछ ।
पिपल्स च्वाइस खेलाडीको विजेताको छिनोफानो भने एनएसजेएफ झापाको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङबाट गरिनेछ ।
‘झापा स्पोर्टस् अवार्ड’ को पाँचौँ संस्करण यही चैत २९ गते बिहीबार बिर्तामोडको बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । अवार्डमा २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त झापा जिल्लाका खेलाडी र प्रशिक्षकलाई मञ्चले सहभागी गराएको कार्यक्रम संयोजक हिमाल खरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार