मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

सहकारी ठगलाई बचाउँदै आएका ओलीकै धर्मपुत्र मल्होत्राद्वारा सुन तस्करी : तरुण अध्यक्ष गुरुङ

देश प्रदेश डेस्क 5095+ समाचार ( )
६ जेठ २०८१, आइतबार

झापा । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करीमा एमालेका अध्यक्ष केपी ओलीका धर्मपुत्र दीपक मल्होत्राको पूर्णरुपमा हात रहेको आरोप लगाएका छन् ।

सहकारीको रकम अपचलन र ठगीमा संलग्न गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग राखेर आइतबार काठमाडौंमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले केपी ओलीको आशीर्वाद लिएर वर्षौसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लिजमा लिएर विवादास्पद व्यापारी मल्होत्राले सुन तस्करी गरिरहेको बताए । ओलीको संरक्षणमा मल्होत्राले सुन तस्करी गरिरहेको सूचना आफूलाई आएको उनले बताए ।

तरुण अध्यक्ष गुरुङले सहकारी ठगलाई बचाउन ओली लागेको बताए । उनले सहकारी ठगलाई बचाउने ओलीको क्रियाकलापको विरोध गरेका छन् ।

सांसदमा ओलीले नेपाली कांग्रेसका सांसदमाथि गरेको दुर्व्यवहारको विरोध गर्दै गुरुङले कांग्रेसलाई नचलाउन ओलीलाई सचेत गराएका छन् ।

गृहमन्त्री लामिछाने र रास्वपाका अध्यक्ष लामिछने एउटै मान्छे हो कि होइन यदि हो भने रास्वपा अध्यक्ष लामिछानेलाई तत्काल पक्राउ गर्न गृहमन्त्री लामिछानेलाई दवाव दिएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहविरुद्ध जाहेरी दर्ता हुँदा पनि किन पक्राउ नगरेको ? भनेर तरुण अध्यक्ष गुरुङले गृहमन्त्री लामिछानेसँग प्रश्न गरेका छन् । पञ्चा सिंहलाई यथाशीघ्र पक्राउ गर्न उनले गृहमन्त्री लामिछानेलाई चेतावनी दिएका छन् ।

बिहान बेलुकाको छाक काटेर पाँच सय÷हजार रुपियाँ भविष्यका लागि भनेर सहकारीमा राखेर बचतलाई रवि लामिछाने जस्ता नौटंकी गर्नेहरूले अपचलन गरेको भन्दै गुरुङले कारबाहीको माग राखे । लामिछानेले गरिव जनताले जम्मा गरेको रकम ठगी गरेर खाइदिएर बिल्लिबाठ बनाएको बताए ।

गिरिबन्धु टि इस्टेटको ४३४ बिघा जग्गा घोटाला प्रकरणको विषयमा तत्काल छानविन समिति बनाउन तरुण अध्यक्ष गुरुङले माग गरेका छन् । उनले तत्कालीन प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीलाई गिरिबन्धु टि इस्टेटको ४३४ बिघा जग्गालाई नीतिगत भ्रष्टाचार गरेर विवादास्पद व्यापारी दीपक मल्होत्रालाई दिएको भन्दै हदैसम्मको कारबाही माग गरेका छन् ।

याे समाचार यहाँबाट लिएकाे हाे

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार