मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

चिया श्रमिककाे आन्दाेन स्थगित
श्रमिकलाई राज्यले तोकेको सुविधा दिन चिया उत्पादक सहमत

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ भाद्र २०८०, सोमबार

झापा चिया उत्पादकले श्रमिकलाई राज्यले तोकेको सेवा सुविधा दिने सहमति गरेका छन् । नेपाल चिया उत्पादक संघ र चिया श्रमिकका नेताबीच आइतबार भएको सहमतिअनुसार राज्यले तोकेको सुविधा अर्थात् दैनिक ज्याला पाँच सय रुपैयाँ उपलब्ध गराउने सहमति भएको हो । 

बगान सञ्चालकहरूले १ साउनदेखि नै बढेको ज्याला कात्तिक मसान्तभित्र दिइसक्ने सहमति भएको चिया श्रमिक नेतृ सीता सापकोटाले जानकारी दिइन् । यस्तै, बगानका स्थायी श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकृत गर्ने सहमति भएको उनले बताइन् । यसअघि मजदुरले दैनिक ४३५ रुपैयाँ मात्र पाउँदै आएकामा ३२ साउनमा सरकारले राजपत्रमा प्रकाशित गर्दै मजदुरको ज्याला बढाएको थियो । 

सहमतिसँगै श्रमिकले सोमबारबाट बगान ठप्प बनाएर गर्ने भनिएको आन्दोलन स्थगित गर्ने सहमति भएको सापकोटाको भनाइ छ । मजदुरहरूले सेवा सुविधा माग गर्दै ३१ असारदेखि आन्दोलन गर्दै आएका थिए । देशभर २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चिया खेती हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । त्यसमध्ये झापामा १० हजार पाँच सय क्षेत्रफलमा चिया खेती हुने गरेको छ । देशभर बर्सेनि करिब दुई करोड ८० लाख केजीभन्दा बढी तयारी चिया उत्पादन हुने बोर्डले जनाएको छ ।

त्यसमध्ये झापामा मात्र एक करोड ८२ लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ । उत्पादितमध्ये करिब ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डले जनाएको छ । मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७९/८० मा मात्र तीन अर्ब ४२ करोड ६९ लाखको चिया भारत निर्यात भएको छ । यति नै मूल्यको चिया नेपालमा समेत खपत हुन्छ ।

चिया क्षेत्रमा करिब ७० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । ८० प्रतिशत महिला श्रमिक छन् । चिया उत्पादनका लागि ३० वटा अर्थोडक्स र ३८ वटा सिटिसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । देशभर एक सय ६० भन्दा बढी चिया बगान रहेको बोर्डले जनाएको छ । १५ हजारभन्दा बढी साना किसानले चिया खेती गर्ने बोर्डले जनाएको छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार