झापा । झापाकाे भद्रपुर ८ स्थित मालपाेत कार्यालय अगाडि राखेकाे कारमा आगलागी भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कारकाे आन्तरिक वाइरिङ्ग सिस्टममा सर्ट भएर आगलागी भएकाे र भद्रपुर नगरपालिकाकाे दमकल आएर आगाे नियन्त्रणमा लिएकाे जानकारी दिएकाे छ ।
आगलागीबाट प्र१-०१-०.. च ९८१९ नम्बरकाे कारकाे अगाडिकाे भाग जलेर पूर्ण क्षति भएकाे छ भने कुनैपनि मानविय क्षति भएकाे छैन ।