मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

समयमै विद्युत महशुल नबुझाउने १ हजार १७० ग्राहकको लाइन काटियो

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

झापा समयमै विद्युत महशुल नबुझाउने १ हजार बढी ग्राहकको नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले लाइन काटिदिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा १ हजार १७० ग्राहकको लाइन काटिएको हो । उनीहरुले ६ करोड ७० लाख २८ हजार ४१२ रुपैयाँ महशुल बुझाउन बाँकी रहेको थियो । त्यसमध्ये ३ करोड ९० लाख ९७ हजार ५६७ रुपैयाँ बुझाएर १ हजार १३६ जना ग्राहकले पुनः लाइन जोड्न लगाएका छन् । थोरै महशुल तिर्न बाँकी रहेका ग्राहकहरुले महशुल तिरेर पुनःलाइन जोड्न लगाएपनि धेरै महशुल तिर्नुपर्ने ३४ जना ग्राहकहरुले लाइन जोडेका छैनन् । ती ३४ जना ग्राहकहरुले २ करोड ७९ लाख ३० हजार ८४५ रुपैयाँ महशुल तिर्नुपर्ने देखिएको वितरण केन्द्र प्रमुख संजीवकुमार शाहले बताए ।

त्यस्तै प्राधिकरणको अनारमनी वितरण केन्द्रले २३७ जना ग्राहकलाई कालोपाटीमा राखेको छ । उनीहरुबाट १करोड ३२ लाख ३१ हजार ६३ रुपैयाँ असुल हुन बाँकी रहेकोमा ३७ लाख ५५ हजार ५९० रुपैयाँ असुल भएको वितरण केन्द्र प्रमुख शाहले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार