मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बाल संगठन झापाको सभापतिमा भद्रपुरका पूर्व मेयर श्रेष्ठ मनाेनीत

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१७ आषाढ २०८२, मङ्गलबार

झापा / नेपाल बाल संगठनले बाल संगठन तदर्थ समिति झापाको सभापतिमा भद्रपुर नगरका पूर्व मेयर जीवनकुमार श्रेष्ठ चयन भएका छन् ।

नेपाल बाल संगठन‌को केन्द्रीय कार्य समितिको २०८२ असार ४ गतेको निर्णयले संगठनको विधान २०४९ बमोजिम भद्रपुर नगरपालिकाका निवर्तमान प्रमुख श्रेष्ठलाई तदर्थ जिल्ला कार्यसमिति झापाको सभापति पदमा मनोनयन गरेको हो। तदर्थ समितिका सभापति श्रेष्ठलाई सदस्य थप गरी कार्य विभाजन गर्न, सदस्यता विस्तार गर्न र ३ महिनाभित्र जिल्ला सभाको अधिवेशन गरी जिल्ला कार्यसमिति गठन गर्ने जिम्मेवारी प्रदान गरिएको छ । श्रेष्ठ भद्रपुर साइकल समाजका अध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका महासचिव हुन् । 

संगठनले श्रेष्ठलाई पठाए‌को पत्रमा, बाल संगठन र बाल मन्दिरको नाममा रहेको चलअचल सम्पत्तिको व्यवस्थापन र उचित संरक्षण गर्न तथा संरक्षणविहीन बालबालिकालाई संरक्षकत्व प्रदान गर्दै बाल हितका कार्यमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ। अनाथ र असहाय बालबालिकाको संरक्षणका लागि २०२१ सालमा खुलेको बाल संगठनका ६८ जिल्लामा कार्यालय छन् ।

झापामा बाल मन्दिरका नाममा ८ बिघा जमिन र आफ्नै भवन रहे पनि त्यसबाट असहाय र अनाथ बालबालिकाले फाइदा पाउन सकेका छैनन् ।भद्रपुर नगरपालिका–८ स्थित बाल मन्दिर विद्यालयको भवनमा २०६५ देखि जिल्ला शिक्षा कार्यालयअन्तर्गतको बाल विकास केन्द्र सञ्चालनमा छ। तर, न्यून सङ्ख्यामा रहेका त्यहाँका बाल बालिकालाई सामुदायिक विद्यालयमा सञ्चालित बाल कक्षा सरहको हेरचाह र खाजा मात्र दिने गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार