मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

दुई वर्षमा झापामा एक सय २० किलोमिटर तटबन्ध

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२१ आषाढ २०८१, शुक्रबार
झापा जनताको तटबन्ध कार्यक्रमअन्तर्गत झापाका विभिन्न नदी किनारमा दुई वर्षमा एक सय २० किलोमिटर बाँध निर्माण भएको छ । बाँध निर्माणपछि हजारौँ बिघा खेतीयोग्य जग्गा र मानव बस्ती बाढीबाट जोगिएको छ ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा उक्त तटबन्ध निर्माण भएको हो । बाँध निर्माणमा रु तीन अर्ब ८९ करोड ३५ लाख खर्च भएको तटबन्ध निर्माण आयोजना कार्यालयका सूचना अधिकारी महेश खत्रीले बताए ।
जिल्लामा छ वटा नदीमा तटबन्ध निर्माण भइरहेका छन् । कार्यालयले मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा र मावा नदीको बाढी र जमिन कटान रोक्न विसं २०७४ मा विस्तृत परियोजना प्रतिवेदन बनाएर तटबन्ध निर्माण आयोजना अघि बढाएको थियो ।
आव २०७९/८० मा एक सय १७ किमी र आव २०८०/८१ मा तीन किमी बाँध निर्माण भएको छ । पछिल्लो वर्ष सरकारले तटबन्धका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको आयोजनाले जनाएको छ ।
विगत दुई वर्षमा मेची नदीमा १० दशमलव ५३ किमी, बिरिङमा २७ दशमलव ८५ किमी, कनकाइमा २७ दशमलव ९८ किमी, कमलमा १४ दशमलव ९८ किमी र रतुवा–मावामा ३८ दशमलव ६१ किमी बाँध निर्माण भएको खत्रीले जानकारी दिए ।
जिल्लाका प्रमुख पाँच नदीमा तीन सय चार किमी लामो तटबन्ध निर्माण गर्ने आयोजनाको लक्ष्य छ । दुई वर्षमा लक्ष्यको तुलनामा ३९ दशमलव पाँच प्रतिशत मात्र भौतिक प्रगति भएको पाइएको छ ।
लक्ष्यअनुरूप तटबन्ध निर्माण गर्न रु १७ अर्ब ६१ करोड सात लाख ५२ हजार बजेट आवश्यक पर्छ । आव २०८०/०८१ मा रु छ करोड ६५ लाख विनियोजन भएको थियो । तटबन्ध निर्माण १९ ठाउँमा भइरहेको छ । सबैभन्दा बढी रतुवा–मावा नदीको छ स्थानमा बाँध निर्माण भइरहेको छ । कमल नदीमा चार, कनकाइमा चार, विरिङमा तीन र मेचीमा दुई ठाउँ तटबन्ध निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार