मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

कांग्रेसले लियो सरकारलाई दिएको सर्मथन फिर्ता

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

झापा नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढङ्गले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति कांग्रेस प्रतिबद्ध रहेको तर त्यो कार्यादेशलाई बेवास्ता गर्दै प्रधानमन्त्री दाहालले अविश्वसनीयरुपमा अन्य राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेपछि त्यसप्रति असहमति जनाउँदै समर्थन फिर्ता लिएको उनले बताए ।

संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै सुधारोन्मुख अर्थतन्त्रलाई गति प्रदान गर्दै नागरिक पङ्क्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा गठबन्धन नियोजित ढङ्गले भत्काइएको निष्कर्ष बैठकले निकालेको महामन्त्री शर्माले जानकारी दिए ।

प्रधानमन्त्री दाहालको यो कदमले अन्योल र अस्थिरतालाई बढावा दिएको कांग्रेसको ठम्म्याइ छ । बैठकले यो घटनालाई गम्भीर ढङ्गले लिँदै संसद्मा प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने निर्णय गरेको छ ।

बैठकले स्वदेश र विदेशमा रहेका कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई बदलिएको परिस्थितिमा एकताबद्ध भएर देश र नेपाली नागरिकप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै सङ्गठनमा समर्पित हुन अपिल गरेको छ । देशकाे न्युजबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार