मुख्य समाचार
सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार |

दावा छिरिङसँग निकट सम्बन्ध देखिएपछि छानबिनको दायरामा परे दिपेश पुन

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

झापा ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएपछि दिपेश पुन छानबिनको दायरामा परेका छन् ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको छिरिङसँग बाक्लो उठबस देखिएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान समेत लिएको छ । स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका छन् ।

‘सुनसँग जोडिनसक्ने केही कडी फेला परेकाले बयानका लागि बोलाएका हौं’, सीआईबी उच्च स्रोतले भन्यो, ‘तर, तस्करीमा उनले आफ्नो संलग्नता इन्कार गरेका छन् ।’ दावासँगको चिनजान र सम्बन्धलाई भने उनले स्वीकार गरेका स्रोतले बताएको छ ।

उनी माओवादीको विद्यार्थी संगठन अरेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, दिपेश चार वर्षअघि दावासहित अन्य चिनियाँ नागरिकहरुसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको समेत पाइएको छ ।

०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइकुण्ड गएका थिए।

२०७६ को पुसमा नेपालमा बसेर अपराध गरिरहेका चिनियाँ नागरिकमाथि सीआईबीले विशेष अपरेशन चलाएको थियो । त्यसबेला उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर प्रहरीले १२२ चिनियाँ नागरिक पक्राउ गरेको थियो । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाका आधारमा चलाइएको अपरेशनमा पक्राउको सूचीमा रहेका केही शीर्ष तहका व्यक्तिहरु छुटेका थिए ।

स्रोतका अनुसार, दूतावासले त्यसबेला दावा छिरिङको नाम पनि पासपोर्ट नम्बरसहित पठाएको थियो । तर, तत्कालीन उपराष्ट्रपति पुन, तत्कालीन आईजीपी सर्वेन्द्र खनाल लगायतसँग सम्बन्ध भएका उनीसहित केही व्यक्तिहरु उम्किन सफल भएका थिए ।

काभ्रेबाट नेपाली नागरिकता समेत लिएका दावा छिरिङको माओवादीका अरु नेताहरुसँग सम्पर्क देखिएको छ । रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका कारण पनि माओवादी नेताहरुसँग उनको सहज आउजाउ भएको देखिएको छ ।

त्यो सम्बन्धलाई दुरुपयोग गरेर दावा अवैध गतिविधिमा संलग्न रहँदै आएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

६० किलो सुनसँग सम्बन्ध देखिएको भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।

३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार