मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

बेपत्ता डाक्टर प्रज्वल कोइरालाले आत्महत्या गरेको हुनसक्ने अनुमान

देश प्रदेश डेस्क 5188+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

झापा कोशी पुलमा गाडी छाडेर बेपता भएका डाक्टर प्रज्वल कोइरालाले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर उनी बेपत्ता भएका हुन् ।स्थानीयबासीले बेवारिसे कार देखेपछि प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइराला आइतवार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । पुलको रेलिङमा उनको मोबाइल भेटिएको थियो भने जुत्ता र मोजा पनि त्यहीँ भेटिएको थियो ।

हिजो दिनभरि खोज्दासमेत उनी फेला परेका छैनन् । ‘होटलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली ल्याएर दिनभरी खोजी गरेका थियौ,’ प्रहरी निरीक्षक फुयालले भने, ‘कोशीमा पानीको बहाब बढेका कारण सबैतिर खोजी गर्न पनि समस्या भयो । गहिरो ठाउँहरूमा गोताखोरको टोलीले प्रयास गरेको थियो । स्थानीय बासिन्दा र हामी मिलेर दिनभरि खोजी ग¥यौं ।

उनी मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । झापाको दमक नगरपालिका १ मा उनको घर छ । केही महिनाअघि उनी लाइफलाइन अस्पतालमा कार्यरत थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै