मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

घुम्न गएका झापालीको रकम लुट्ने सातजना पक्राउ

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

झापाझापा बाह्रदशीका दुईजना युवाका साथबाट रकम लुट्ने सातजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

घुम्न गएका झापा बाह्रदशी–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतका साथबाट दुई लाख रुपैयाँ लुटपाट गरेका भागेका उनीहरुलाई शनिबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रामधुनी–३ का २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय सुसन थापा, इटहरी–४ का २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत, १८ वर्षीय निश्चल बस्नेत, इटहरी ७ का १८ वर्षीय साकार भण्डारी र इटहरी–४ का २४ वर्षीय विशाल तामाङ र इटहरी १६ का १८ वर्षीय रिचन खत्री छन् ।

तालतलैया घुम्न आएको समयमा उनीहरुले बाटो छेकेर चक्कु देखाएर रकम लुटेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

घटना सम्बन्धमा पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको भण्डारीले बताए ।

उनीहरूको साथबाट तीन लाख २५५ रुपैयाँ नगदसहित चक्कु, ओकेटोके हेन्ड सेट र मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेका सातजनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार