मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

शिवसताक्षी नगरपालिकामा मङ्सिर १७ गते स्थानीय बिदा

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

झापा शिवसताक्षी नगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ। झापाको सताक्षीधाममा आयोजित गोरक्षा महोत्सवको लागि कार्यपालिकाको मंसिर १४ गतेको बैठकले गोरक्षा महोत्सवका लागि भोलि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको शिवसताक्षी नगरपालिकाका प्रवक्ता बहादुर आङ्बोले बताए । 

नगरपालिका मातहतका कार्यालय र सामुदायिक विद्यालयमा बिदा दिएको आङबोले बताए।
गोलोक गोवर्धन गौशाला स्थापना भएपछि वर्षेनि गोरक्षा महोत्सव आयोजना भइरहेको छ । महोत्सवकै लागि शिवसताक्षी नगरपालिकाले सार्वजनिक बिदा दिएको यो दोस्रो पटक हो। यसअघिको १०८ कुण्डीय कोटीहोममा पनि शिवसताक्षी नगरपालिकाले स्थानीय बिदा दिएको थियो।

नगरपालिकाले करिव २५ विदेशी राष्ट्रका धार्मिक सन्त महात्माहरूको सताक्षीधाम क्षेत्रमा आवागमन हुने र उनीहरूको स्वागत सत्कारका लागि बिदा दिएको जनाएको छ। अमेरिका, अस्ट्रेलिया, क्यानडा, स्विजरल्याण्ड, भारत, भुटान, बर्मालगायतका मुलुकका धार्मिक पाहुना सताक्षीधाममा आइपुगेको गोवर्धन गौशालाले जनाएको छ।

गोरक्षा महोत्सव मंसिर १४ गतेदेखि शुरु भई २४ गतेसम्म सञ्चालन हुनेछ। यो महोत्सवको अनन्त श्री विभूषित बालसन्त मोहनशरण देव आचार्यजी महाराजले भोलि उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार