मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

शिक्षकहरूको आन्दोलनमा अभिभावक

देश प्रदेश डेस्क 5416+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

२० दिनदेखि जारी शिक्षकहरूको आन्दोलनमा आज एउटा रोचक घटना घट्यो । शिक्षकहरू यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर, हाम्रो माग पूरा गर, भन्दै नारा लगाउँदै अगाडि बढिरहेका थिए

त्यही बेला एक फरक गेटअपमा देखिए । र उनी शिक्षकहरूले गरिरहेको आन्दोलन कहिलेसम्म हो भन्दै प्रश्न गर्न थाले। जसले आन्दोलन गरिरहेका थिए तिनीहरूकै विरुद्धमा बोल्न थालेपछि मिडियाका क्यामेरा उनीतिर तेर्सिए । 

त्यसरी शिक्षकहरूकै आन्दोलनमा गएर उनीहरूकै विरुद्धमा बोल्ने व्यक्ति थिए,– ललितपुरको गोदावरीका सनोज महत ।उनले आफ्नो छोरी सरस्वती माध्यमिक विद्यालयमा पढ्न गरेको बताएका थिए । उनले आफू अभिभावक भएको बताउँदै उनले छोरीले पढ्न नपाएको बताएका थिए । 

उनले आफ्नी छोरी विद्यालय पढ्न नपाएको भन्दै शिक्षकहरूलाई विद्यालयमा फर्काउन आएको बताएका थिए । त्यही बेला उनीमाथि आन्दोलनरत शिक्षकहरूले हातपात गरेका थिए ।

नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा उनीमाथि शिक्षकहरूले हातपात गरेपछि प्रहरीलाई बुझाएका थिए । 

शिक्षकहरूले भने उनीमाथि आन्दोलन भाँड्न घुसपैठ गरेको आरोप लगाएका छन् । 

सडकमा उत्रिएका उनले आफ्नो छोरीको भर्ना हुन नपाएपछि सडकमा आएको बताएका थिए ।

शिक्षकहरूले भने बारबार बाहिर जानुस् भन्दै उनलाई हटाउन खोजेका थिए । बाहिर जानुस् भन्दै शिक्षकहरूले हातपात गरेका हुन् ।

उनले शिक्षकहरूलाई आन्दोलनको मोडालिटि परिवर्तन गर्न भनेका थिए । ‘मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, बन्द गरेर मेरो बच्चाको भविष्य वर्वाद गर्न पाइँदैन’, उनले भने । 

आफ्नो लागि जे भने पनि शिक्षक नै भएको बताउँदै उनले शिक्षकहरूलाई आन्दोलनको स्वरूप फेर्न भनेका थिए ।

विद्यार्थी नपढाएर, सडकमा भेला भएर नाचेर बस्न नपाइने उनको भनाइ थियो । महतले भिडमा आएर बोलेपछि आन्दोलनरत शिक्षकहरूले उनलाई रोकेका थिए । उनीहरुले उनलाई आन्दोलनमा आएर गुण्डागर्दी नगर्न समेत भनेका थिए ।

आज आफू एक जना मात्रै आएको तर, भोलिदेखि अरू अभिभावक पनि आउने बताएका थिए । यति कुरा गर्दै गर्दा उनीमाथि शिक्षकहरू झम्टिन थाले। यतिकैमा प्रहरी आएर उनलाई बाहिर पठाएको थियो । 

प्रहरीले समातेर बाहिर लैजाँदै गर्दा समेत शिक्षकहरूको कुटपिट गरेका थिए । यतिसम्म कि एक जनाले प्रहरीले समातेर लगिरहेको बेला उडेर माथिबाट हानेका थिए भने अन्यले समेत झम्टिन थालेका थिए । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले शिक्षकका विरुद्धमा नाराबाजी गर्न थालेपछि नियन्त्रणमा 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार