मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२० श्रावण २०८३, बुधवार

झापा / झापाका विभिन्न स्थानमा प्रहरीले भन्सार छली गरी ल्याइएका सामान तथा अवैध माछा बरामद गरेको छ। बुधबार जिल्लाका तीन फरक स्थानमा गरिएको कारबाहीमा करिब ३ लाख २४ हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी चौकी चारआलीबाट प्र.ना.नि. किरणकुमार राईको कमाण्डमा खटिएको गस्ती टोलीले मेचीनगर–१३ स्थित फुलबासा पुल नजिक बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएको पानजन्य सामग्री फेला पारेको थियो। प्रहरीले हरियो पानको पत्ता, विभिन्न प्रकारका गुल, रंगोल, पान मसला, दिलखुस चट्नी तथा केशर तमाखु गरी जम्मा ५२ हजार २० रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय गौरिगञ्जबाट खटिएको टोलीले गौरिगञ्ज गाउँपालिका–३ बुधबारे हटिया क्षेत्रमा अवैध रूपमा भन्सार छली गरी ल्याइएको २० केजी मुङ्ग्री माछा बरामद गरेको छ। करिब ६ हजार रुपैयाँ मूल्य बराबरको उक्त माछा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, पशु क्वारेन्टाइन तथा बजार व्यवस्थापन समितिका प्रतिनिधिको रोहबरमा खाल्डो खनी नष्ट गरिएको प्रहरीले जनाएको छ।

यता, इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले मेचीनगर–६ स्थित हनुमान मन्दिर क्षेत्रबाट भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको मोबाइलका विभिन्न सहायक सामग्री तथा बालबालिकाका कपडा बरामद गरेको छ। बरामद सामग्रीमध्ये मोबाइलका सहायक सामग्रीको मूल्य २ लाख ५५ हजार ४२५ रुपैयाँ र कपडाको मूल्य १० हजार ६ सय रुपैयाँ रहेको छ। जम्मा २ लाख ६६ हजार २५ रुपैयाँ बराबरका ती सामग्री नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै