मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बाह्रदशी दुर्घटनाः घाइते नाबालककाे पनि मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२६ आषाढ २०८२, बिहीबार

झापा / झापाको बाह्रदशी गाउँपालिका वडा नं १ खुैरबारी स्थित मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिएर भएकाे दुर्घटनामा परि दुई जनाको मृत्यु भएकाे थियाे भने घाइते भएका नाबालककाे पनि भएकाे छ ।

स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशीसंगै उनका ७ वर्षीय नाति आयुष राजवंशीको पनि मृत्यु भएको हो ।

गएराति ९ः२५ बजे आयुषको बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजवंशीको अबस्था गंभीर रहेको छ । उनको आइसीयुमा उपचार भइरहेको छ ।

सो दुर्घटनामा हिजो स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी –१४ बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको थियो ।

हिजो दिउँसो ३.४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा ठक्कर खाएका थिए ।

याे पनि पढ्नुहाेस्

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार