मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

पाकिस्तानी हवाई आक्रमणमा २३ जनाको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
६ अशोज २०८२, सोमबार

पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

विपक्षी सांसदहरूले सेनाले आतङ्कवाद विरोधी अभियान अन्तर्गत रातिमा छापा मारेको आरोप लगाएका छन् तर सरकार वा सशस्त्र बलले कुनै आधिकारिक वब्तब्य जारी गरी यस सम्बन्धमा औपचारिक भनाई सार्वजनिक गरेका छैनन् । 

पाकिस्तानी तालिबान (टिटिपी) लडाकूले हालैका महिनाहरूमा अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा सुरक्षा फौजविरुद्ध हिंसा अभियान बढाएका छन् । राष्ट्रिय सभाका विपक्षी सदस्य इकबाल अफ्रिदीले घटनाको पुष्टि गर्दै एएफपीसँग भन्नुभयो “सुरक्षा बलको विमानले गोलाबारी गरेको र यसबाट २३ जनाको मृत्यु भएको छ ।” सोमबार दिउँसो खैबर पख्तुन्ख्वाको विधानसभामा बोल्दै प्रान्तीय सांसद सोहेल खान अफ्रिदीले पनि आक्रमणका लागि सेनाको आलोचना गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “सुरक्षाकर्मीको यो आक्रमण निहत्था नागरिकमाथिको आक्रमण भन्दा कम छैन ।” आक्रमणबारे प्रतिक्रया जनाउने दुवै सांसद जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सदस्य हुन् । खैबर पख्तुनख्वा प्रान्त खानको पार्टीको प्रभाव क्षेत्र हो । तिराह शहरमा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीसँग बताएअनुसार मारिने २३ जनामध्ये सात महिला र चार बालबालिका पनि थिए ।

नाम उल्लेख नगर्ने सर्तमा उहाँले भन्नुभयो, “जेटहरुले चारवटा घरलाई निशाना बनाएका छन्, जुन पूर्ण रुपमा ध्वस्त भएका थिए । “तिराह पाकिस्तान र अफगानिस्तान सीमाको नजिक छ र त्यहाँ धेरै टिटिपी लडाकूले गोप्यरूपमा शरण लिएको विश्वास गरिन्छ । हालैका महिनामा यस क्षेत्रमा सुरक्षा फौजमाथि धेरै आक्रमण भएका छन् ।

पेशावरका एक सुरक्षा अधिकारीले मृतकको सङ्ख्या पुष्टि गर्दै उक्त क्षेत्रमा ‘टिटिपी लुकेका दर्जनौँ स्थान’ रहेको बताएका छन् । उहाँले आक्रमण कसले गरेको हो भन्ने कुरा पनि बताउन अस्वीकार गर्नुभयो । सोमबार दिउँसो करिब दुई हजार मानिस नजिकैको शहरमा घातक आक्रमणको विरोधमा भेला भएका थिए । सन् २०१४ मा सुरु भएको आतङ्कवाद विरोधी अभियानअघि टिटिपीले अफगानिस्तानसँग सीमा जोडिएको भूभाग कब्जा गरेको थियो ।

शनिबार छिमेकी जिल्लामा भएको आक्रमणमा १२ जना सैनिकको मृत्यु भएको थियो । सेनाले सोमबार अबेर प्रकाशित एक विज्ञप्तिमा भनेको छ, सैनिक कारबाहीमा सप्ताहन्तमा ३१ ‘ख्वारिज’ को मृत्यु भएको छ । ‘ख्वारिज’ सेनाले टिटिपी लडाकुलाई वर्णन गर्न प्रयोग गर्नेे शब्द हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार