मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

सुन्दरलाल किसानका हत्यारा दाजुभाइ सार्वजनिक

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

झापा । मेचीनगर–८ का सुन्दरलाल किसानको हत्या आरोपी दुई दाजुभाइलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुन्दरको हत्यामा संलग्न नातेदार मेचीनगर ८ कै ५६ वर्षिय रामजी किसान र उनका भाई ४८ वर्षिय सुनरसी किसानलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । सोधपुछको क्रममा उनीहरुले गत साउन ३१ गते राति ८ बजे सुन्दरलालले मादक पदार्थ सेवन गरी आफूहरु बसिरहेको कल्भर्टमा आइ गालीगलौज गरेपछि सोही निहुँमा झगडा परेको र घटना घटाएको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनीहरुले फलामको रडको खन्ती र सिकल प्रहार गरी शरीरको टाउको,घाटी,हात तथा अन्य बिभिन्न भागमा चोट पुर्याई सुन्दरलाललाई हत्या गरेको र लाशको व्यवस्थापन गर्ने क्रममा दुवैजनाले मृतकलाई कल्भर्टबाट दक्षिणतर्फ रहेको धानखेतमा घिसार्दै होली पैनीमा लगेर झाडी बुट्यानले छोपी घटनामा प्रयोग गरेको धारिलो हतियार सिकललाई लाश रहेको स्थानदेखि दक्षिणतर्फ पैनीको झाडीमा फ्याकेको कुरा स्वीकार गरेको डीएसपी रिजालले जानकारी दिए ।

घटनापछि दुवै भारततर्फ भागेका थिए । डग स्निफिङ्ग गराउँदा घटनास्थलमा फेला परेको रडको खन्ती सुनरसी किसानको भएको भन्ने खुलेपछि आफन्त नातागोताहरुसंग समन्वय गरी सोधपुछको लागि उनीहरुलाई नेपाल झिकाएर नियन्त्रणमा लिईएको रिजालले बताएका छन् । सुन्दरलालको शव विहीबार विहान मेचीनगर–८ स्थित प्रगतिशील र मुनिया टोलको सीमानामा रहेको पैनीको झाडीमा भेटिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार