मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

लम्पी स्किन रोग विरूद्ध हल्दिबारी गाउँपालिकामा खोप अभियान सञ्चालन

देश प्रदेश डेस्क 5188+ समाचार ( )
१८ पौष २०८०, बुधवार

झापा हल्दिबारी गाउँपालिकाले गाईवस्तुमा लाग्ने लम्पी स्किन रोग विरूद्धको खोप अभियान सञ्चालन सुरू गरेकाे छ  ।लम्पी स्किन रोग ( Capripox Virus) को कारणले गाई भैँसीमा लाग्ने संक्रामक रोग हो।

लम्पी स्किन रोगका बिरूद्ध LSD-NDOLL भ्याक्सिन लगाइएको हल्दिबारी गाउँपालिका  पशुशाखा प्रमुख सानुमाया श्रेष्ठले बताइन्। ५० प्रतिशत अनुदानमा लगाइएको भ्याक्सिनको किसानले एउटा पशुको लागि ४५ रूपैयाँ तिर्नुपर्ने उनले बताइन् ।

कृषि मन्त्रालय पशु सेवा विभागको प्रोटोकल अनुसारको भएकोले कृषकहरूले यो खोप गर्भावस्थामा रहेका, भर्खरै सुत्केरी तथा साना बाच्छाबाच्छी लगायत सबै पशुहरुमा निर्धक्क लगाउन मिल्ने पनि श्रेष्ठले बताइन्।
हल्दिबारी गाउँपालिकाका पशुप्राविधिकहरूले गाँउ - गाँउमा गएर खोप लगाइरहेका छन् भने हालसम्म २ हजार भन्दा बढी पशुलाई खोप लगाइसकिएको छ। खोप कार्यक्रम निरन्तर संचालन हुनेछ।

गत वर्ष अत्यधिक संक्रमण फैलिएकाले यो वर्ष समयमै खोप अभियान चलाइएकोले सबै पशुपालक किसानलाई आफ्ना चौपायालाई खोप लगाउन गाउँपालीका अध्यक्ष रविन्द्र लिङदेनले आग्रह गरेका छन्।

लम्पी स्किन रोगका लक्षणहरू

१०४ डी फरेनहाइट भन्दा धेरै ज्वरो आउने, दानापानी घाँस नखाने तथा पशु दुब्लाउँदै जाने।

शरिरको विभिन्न भागमा, विशेष गरी पेट र थुन को वरिपरि सारो गोलो गिर्खा आउने।
आँखा तथा नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ बग्ने।

खुट्टा सुन्निने र हिडडुल गर्न गाह्रो हुने।

दुध दिने गाईभैँसीको दुध घट्दै जाने ।
प्रजनन् समस्या हुने।

रोगको संक्रमण बढ्दै जाँदा जिवाणुको संक्रमण हुने र घाउ पाक्ने।

रोग सर्ने माध्यमहरु

लाम्खुट्टे, झिंगा,डाँस र किर्ना जस्ता जीवको टोकाइबाट।

प्राकृतिक र कृत्रिम गर्भाधान बाट।

संक्रमित पशुहरूको
ओसारपसारबाट।
संक्रमितलाई प्रयोग गरेको निडिल तथा सिरिञ्जको प्रयोगबाट।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार