मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

वैदिक सनातन धर्म संरक्षण समितिकाे अध्यक्षमा नेपाल निर्वाचित

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

झापा / वैदिक सनातन धर्म संरक्षण समिति नेपाल भद्रपुर नगर समितिको अध्यक्षमा हुतराज नेपाल(उत्तम) सर्वसम्मत चयन भएका छन्।

झापाको भद्रपुर ६ मा रहेको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याआश्रमको सभाहलमा शनिबार भएको तेस्रो साधारणसभा तथा प्रथम नगर अधिवेशनबाट नेपाल सहित ११ जनाकाे कार्यसमिति दुई वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि हल्दिबारी निवासी समाजसेवी कुमार भण्डारीले पानसमा बत्ती बाल्दै व्यानर वाचन गरेर कार्यक्रमकाे विधिवत उद्घाटन गरेका थिए भने कार्यक्रमका अध्यक्ष हुतराज उत्तम नेपालले संगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा पण्डित उदय खनाल (शास्त्री), सचिव खेमराज नेपाल(सविन), सहसचिव पिताम्बर अधिकारी र कोषाध्यक्षमा खेमराज पौडेल सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी सदस्यहरूमा कमल नयन निरौला, मिलन कोईराला, कुमार खनाल, पुष्प न्यौपाने, निरज निरौला र विपिन सुवेदी सर्वसम्मत चयन भएको निर्वाचन सतितिका संयाेजक ऋिषी नेपालले घाेषणा गरेका थिए ।

कार्यक्रममा समितिका जिल्ला सह-सचिव एकदेव भट्टराई नवीन, सचिव रामचन्द्र अधिकारी, समाजसेवी काशीनाथ घिमिरे, गुरुकुलका अध्यक्ष शान्ता बराल, भद्रपुर नगरकी उपमेयर राधा कार्की, समितिका केन्द्रीय अध्यक्ष राम ओझालगायतले शुभकामना मन्तव्य राखेका थिए।

त्यसैगरी कार्यक्रममा नगर समितिका जेष्ठ सदस्य हरिश्चन्द्र आचार्य र गुरुकुलका संस्थापक अध्यक्ष गणेश प्रसाद भट्टराईलाई सम्मान गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले सनातन धर्म जन्मेकै ठाउँमा आजभोलि सनातन धर्मको रक्षा गर्न नितान्त एकजुट हुनुपर्नेमा जाेड दिए ।

सहसचिव पिताम्बर अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव उदय खनाल शास्त्रीले गरेका थिए भने धन्यवाद ज्ञापन समितिका सदस्य कमल नयन निरौलाले व्याक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार