मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

स्कुलभित्र पसेको भैंसी समात्न प्रहरीले बोलायो वनको टोली

देश प्रदेश डेस्क 5424+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको टोलीलाई निम्ताएको छ ।

डिभिजन वन कार्यालयका वन अपराध नियन्त्रण  इकाइ अधिकृत अशोक पराजुलीका अनुसार प्राविधिक टोलीले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा लिने तयारी भइरहेको बताए ।

भैंसी विद्यालयभित्र छिरे पछि विद्यालयले आज भुईंतलामा विद्यार्थीहरुलाई राखेको छैन । भुईंतलामा रहेका कक्षामा पढ्ने सबै विद्यार्थीहरुलाई माथिल्लो तलामा सारिएको छ ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । आतंकित जस्तो देखिने उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको थियो ।

भैंसी विद्यालय परिसरभित्र रहेको गाडी राख्ने ग्यारेजमा शान्तपूर्वक बसिरहेको छ । यद्यपि फेरि आतंक फैलाउने डरले टेबुल/कुर्सिले घेरा बनाएर सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरिरहेका छन् । ‘ग्यारेज स्कुलको अलि कुनातिर छ, भैंसी त्यहीँ बसिरहेको छ,’ नयाँबानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले भने, ‘वनको प्राविधिक टोली भैंसी नियन्त्रणमा लिन स्कुलमा आइपुगेको छ ।’

भैंसी नियन्त्रणमा लिन नसकेपछि महानगरपालिका र प्रहरी टोलीले वन कार्यालयमा खबर गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार