मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

प्रतिनिधिसभा निर्वाचन २०८२ः झापामा ५ जनाका लागि ९० जनाकाे उम्मेदवारी

देश प्रदेश डेस्क 5423+ समाचार ( )
११ माघ २०८२, शनिबार

झापा /  आगामी फागुन २१ गचे हुने प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा झापाबाट ९० जनाकाे उम्मेदवारी परेकाे छ ।

झापाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका कसैले पनि  उम्मेदवारी फिर्ता नलिएपछि ५ जनाका लागि ९० जनाबिच प्रतिस्पर्धा हुने भएकाे हाे ।

निर्वाचन कार्य तालिकाअनुसार हिजाे ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिनुपर्ने थियो। तर, कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिसकेको जनाइएको छ।

निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार  १५ महिलासहित ९० जनाको उम्मेदवारी परेको छ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिएको क्षेत्र झापा ५ मा सबैभन्दा बढी २४ जनाले उम्मेदवारी दिएका छन्। ती क्षेत्रमा ९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। त्यस्तै झापा क्षेत्र नम्बर १ मा सबै भन्दा कम १५ जनाले उम्मेदवारी दिएका छन्। झापा २ मा १८ जनाले, झापा ३ मा १७ जनाले र झापा ४ मा १६ जनाले उम्मेदवारी दिएका छन्। 

जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेको छ। जुन २०७९ सालको निर्वाचन भन्दा ५० हजार २२६ मतदाताले बढेको हो। जिल्लामा २८५ मतदान स्थलमध्ये ४३ वटा सामान्य, संवेदनशीलमा १४७ र अति संवेदनशीलमा ९५ वटा रहेको निर्वाचन कार्यालयले झानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार