मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

प्रेस क्लब भद्रपुरको भवनको उद्घाटन सम्पन्न

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

प्रेस क्लब भद्रपुरको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गरिएको छ । क्लबको १५ औं स्थापना दिवसको अवसर पारेर भद्रपुर-८ स्थित चन्द्रगढीमा नवनिर्मित कार्यालय भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन् । 
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरूले सकारात्मक समाचारलाई प्राथमिकता दिनसके समाजमा नकारात्मक सोच कम भएर जाने धारणा राखेका छन् । पछिल्लो समयमा नकारात्मक समाचारले प्राथमिकता पाउँदा समाज गलत दिशातर्फ गएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले भने, समाजलाई सही ढङ्गले अगाडि बढाउनका लागि पत्रकारहरूको खोज अनुसन्धान सकारात्मक समाचार प्रेरित हुनु पर्छ । 
पत्रकारहरूकै योगदानका कारण अहिलेको व्यवस्था आएको हो । यो व्यवस्थालाई बलियो बनाउनका लागि पनि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने उनले प्रस्ट पारे । देशमा केही भएन र केही गरिएको छैन भन्ने भ्रम छरेर केही सञ्चारमाध्यमलाई दुरुपयोग गर्दा समाजमा वितृष्णा फैलिएको जनाउँदै कार्कीले अहिलेको विकास निर्माणलाई हेर्ने हो भने त्यो भाष्य गलत हुने दाबी गरे ।
३० वर्षमा हुन नसकेको विकासको काम प्रदेश सरकारले ७ वर्षमा गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले मात्रै ७ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको जानकारी दिएका छन् । देशकै पुरानो नगर भएर पनि भद्रपुर पछिल्लो समयमा पछाडि परेकोमा चिन्ता व्यक्त गर्दै यसलाई अगाडि बढाउनको लागि सबै लाग्नुपर्नेमा उनको जोड थियो ।

प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता भएको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई लगायतले झापाको समृद्धिसित सञ्चार जगतको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरेका थिए । सोही कार्यक्रमको अवसरमा क्लबले अग्रज पत्रकार नकुल काजी तथा गोविन्दचन्द छेत्रीलाई नगदसहित दीर्घ सेवा सम्मान गरिएको थियो । साथै भवन निर्माण सहयोग पुर्‍याउने दाताहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।  कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीको आर्थिक सहयोगमा कार्यालय भवन निर्माण गरिएको क्लबका अध्यक्ष राजबाबु शंकरले जानकारी दिए। क्लबका उपाध्यक्ष रोहित काफ्लेले औचित्यमाथि प्रकाश पार्दै स्वागत राखेको कार्यक्रमको सञ्चालन महासचिव डिल्लीरमण नेपालले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार