मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


खानेतेलको मूल्यवृद्धि

देश प्रदेश डेस्क 5095+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

झापा   खानेतेलको मूल्यमा वृद्धि भएको छ । खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो ।
यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन ।
पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ ।
विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिको विषयलाई आफूले नियालिरहेको र केही तेल उत्पादक उद्योगसँग यस विषयमा सोधपुछ गर्ने काम पनि भइरहेको बताए ।
बजारमा मूल्यवृद्धि हुनेबित्तिकै कारबाही गर्न नमिल्ने भन्दै विभागका महानिर्देशक पौडेलले भने, “मूल्य बढ्नासाथ कारबाही गर्ने अधिकार हामीसँग छैन । हामीहरू मूल्य बढेपछि त्यसको कारण पत्ता लगाउनेतर्फ लागेका छौँ ।” अनुगमनबाट अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको पाइएमा कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।
यता उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढेकाले खानेतेलको मूल्य बढाउनुपरेको तर्क गर्दै आएका छन् ।
नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पछिल्लो एक÷डेढ साताको बिचमा खानेतेलको मूल्य थोकमै प्रतिलिटर २० रुपियाँले बढेको जानकारी दिए । उद्योगबाटै सिधै थोकमा आउँदा मूल्यवृद्धि भएर आएको र त्यही अनुसार आफूहरूले पनि वृद्धि गरेको दाबी उनले गरे ।
उनका अनुसार पछिल्ला केही दिनदेखि सबैखाले खानेतेलको मूल्य प्रतिकार्टोन दुई सय रुपियाँ र प्रतिलिटरमा २० रुपियाँले बढेर बजारमा आएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार खानेतेलको मूल्य उपभोक्तासम्म पुग्दा ३० रुपियाँसम्म महँगो भएको छ । खुद्रा व्यापारीका अनुसार थोक व्यापारीले प्रतिकार्टोन खानेतेलमा दुई सयदेखि तीन सय रुपियाँसम्म मूल्यवृद्धि गरेका छन् । सङ्घका अनुसार मूल्यवृद्धि भएपछि हाल सूर्यमुखी तेलको मूल्य प्रतिकार्टोन दुई हजार दुई सय रुपियाँदेखि दुई हजार चार सय रुपियाँसम्म र भटमास तेलको मूल्य पनि प्रतिकार्टोन दुई हजार तीन सय रुपैयाँ थोकमा पुगेको छ । तोरीको तेलमा प्रतिकार्टोन तीन सय रुपियाँ बढेर दुई हजार आठ सय रुपियाँबाट तीन हजार रुपियाँ पुगेको छ । गएको दुई वर्षयता खानेतेलको मूल्य सस्तो भएको थियो । त्यतिबेला कच्चा सामग्रीको मूल्य घटेका कारण देखाउँदै उद्योगीले मूल्य घटाएका थिए ।
पछिल्लो एक÷डेढ सातामा खानेतेलको मूल्य बिनाकारण प्रतिलिटरमा २० देखि ३० रुपियाँसम्म बढेको छ । उद्योगले एकाएक मूल्य बढाएर पठाएपछि उत्पादकले खानेतेलमा ‘मनोमानी’ कायम गरेको खुद्रा व्यापार सङ्घको आरोप लगाएको छ । उद्योगीले खानेतेलको मूल्य आफूखुसी मूल्य निर्धारण गरेका कारण मूल्य ह्वात्तै बढेको सङ्घका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले बताए । पछिल्लो एक वर्षमा सबैभन्दा घटेको खानेतेल अहिले चाडपर्वको मुखमा अन्तर्राष्ट्रिय बजारमा पाम आयल बढेको भन्दै मनलाग्दी रूपमा खानेतेलको मूल्य बढाएका छन् ।

त्यसो त पछिल्लो वर्ष खानेतेल भारतमा भन्दा नेपालमा सस्तो थियो । भारतले तेल आयातमा मूल्य अभिवृद्धि र भन्सार महसुल दर उच्च तोकेको थियो । पछिल्लो पटक भारतले तेल आयातमा महसुल नलिने घोषणा गरेपछि नेपालको तेल भारतमा महँगोमा बिक्री हुन थालेकाले नेपालमा मूल्य बढेको आकलन सबैतिरबाट हुन थालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार