झापा / जल तथा माैसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जाेखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाे सूचना अनुसार इलाममा रात्रीकालिन सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधवार एक सूचना जारी गर्दै मेची राजमार्गमा आज बिहीबार बेलुका ७ बजेदेखि भाेलि बिहान ६ बजे सम्म अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो ।
प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' का कारण बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिवार बिहानसम्म कोशी प्रदेशको इलाम जिल्ला लगायत देशका धेरै भू–भागहरूमा मौसम प्रभावित हुने देखिएको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको हो ।