मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बिर्तामाेडका व्यवसायी झुन्डिए

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा बैंकले मानसिक तनाव दिएपछि बिर्तामोडका एकजना व्यवसायीले झुन्डिएर आत्महत्या गरेको परिवारले आरोप लगाएका छन् ।

बिर्तामोड ४ स्थित पुरानो सगरमाथा टोल बस्ने ३४ वर्षीय शैलेस साहले आफ्नै घरको दोस्रो तलाको कोठामा पासो लगाएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

शैलेशका बुबा विनोद साहले छोरा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शैलेश साहले बिर्तामोड ४ स्थित भद्रपुर रोडमा कस्मेटिक पसल संचालन गर्दै आएका थिए। बिर्तामोडको एक बैंकबाट २५ लाख रुपैयाँ ओडी कर्जा लिएको र कर्जा भुक्तान गर्न बैंकले पटकपटक फोन गरेर ताकेता गरेपछि छोराले मानसिक पीडा सहन नसकी आत्महत्या गरेको मृतकका बुबा विनोद साहले बताए ।

तर, बैंकले भने परिवारको आरोप अस्वीकार गर्दै आफूहरूले कुनै पीडा नदिएको जनाएको छ। त्यस बैंकका कर्जा प्रमुखले भने, “ उहाँ नियमित ऋणी हुनुहुन्छ , हामीले कर्जा भुक्तानीका लागि पत्र पनि पठाएका छैनौ ।” मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै