मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

मुख्यमन्त्री थापा भन्छन् : आजको घटनाको जिम्मा उपसभामुखले लिनुपर्छ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

झापा मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको बताए । यो घटना वैधानिक हो वा होइन उपसभामुखले जवाफ दिनुपर्ने बताए ।

सोमबार मुख्यमन्त्री थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सभाको अध्यक्षता गरिरहेका कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल अन्सारीले पनि पक्षमा मतदान गरेका थिए । प्रदेशसभाबाट थापाले विश्वासको मत पाएको घोषणा भएपछि पत्रकारहरुले उनलाई यो वैधानिक हो कि होइन भनी प्रश्न गरेका थिए ।

जवाफमा थापाले यो परिस्थिति उपसभामुखका कारण सिर्जना भएको बताए । कोशीमा हाल सभामुख छैनन् त्यसैले बैठक सञ्चालनको जिम्मेवारी उपसभामुख दनुवारको हो । एमालेबाट निर्वाचित दनुवार सोमबार विहान स्वास्थ्यको कारण देखाउँदै काठमाडौं गइन् । उनले बैठक सञ्चालनको जिम्मेवारी कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीलाई तोकिन् ।

मुख्यमन्त्री थापाले उपसभामुखले मन्सुरीको अधिकार कुण्ठित गरेको आरोप लगाए ।

‘उहाँ यो प्रदेशसभाको सभामुख पनि होइन, उपसभामुख पनि होइन तोकिएको व्यक्ति हो । उहाँको मत दिने अधिकार प्रदेशसभाभित्र छ कि छैन ?’ थापाले प्रश्न गरे, ‘उहाँको मत दिने अधिकारलाई कुण्ठित गरेर सभामुख तोकेर उपसभामुख भाग्न मिल्छ ? उपसभामुख भाग्नुभएको छ । यो परिस्थिति निर्माण गर्ने काम उपसभामुखले गर्नुभएको छ, उहाँले जिम्मेवारी लिनुपर्छ ।’

थापाले अगाडि भने, ‘यो वैधानिक कि अवैधानिक भन्ने ब्याख्या उहाँले गर्नुपर्छ । उहाँले (विश्वासको मत लिनका लागि समय दिने, आजका लागि बैठक तोक्ने अनि प्रदेशसभा सदस्यलाई सभामुख तोकेर उहाँ सभा छाडेर हिँड्ने ?’

उपसभामुखले प्रदेशसभाका ज्येष्ठ सदस्य र अध्यक्ष मण्डलका सदस्यको विदा स्वीकृत गराएर प्रदेशसभा नै सञ्चालन हुन नसक्ने अवस्था सिर्जना गरेको थापाले आरोप लगाए ।

‘ज्येष्ठ सदस्य र प्यानलका सदस्यलाई पनि छुट्टी बस्न लगाएर अनि प्रदेशसभा खाली गरेर हिँड्ने,  हामीले प्रदेशसभाको औचित्यलाई स्थापित गर्‍यौं प्रदेशसभाको वैधानिकतालाई बचाउने काम गर्‍यौं’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार