मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

रास्वपाका दुई कार्यकर्ता पक्राउ

देश प्रदेश डेस्क 5095+ समाचार ( )
६ मंगशिर २०८०, बुधवार

झापाचितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको सामाजिक सञ्जालमार्फत बदनाम गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

चितवन प्रहरी स्रोतका अनुसार चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटालाई पक्राउ  गरेको हो । उनीहरू दुवैलाई गए राति आ–आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरी स्रोतले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शिव शर्मा भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जालमार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई शेयर गरेका थिए ।

मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । गए राति पक्राउ परेका दुवै जनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार