मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

रास्वपा सहमहामन्त्रीबाट दिइन् सुमना श्रेष्ठले राजीनामा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

झापा पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् ।
 रास्वपा केन्द्रीय समितिको बिहीबारको बैठकमा सहमहामन्त्रीबाट श्रेष्ठले दिएको राजीनामाबारे छलफल हुने बताइएको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहमहामन्त्री श्रेष्ठले राजीनामा दिएको जानकारी दिए । संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले राजीनामा दिएकी तर स्वीकृत भने भइननसकेको पार्टीले जनाएको छ । पछिल्लो पटक सभापति रवि लामिछानेले पार्टी पुनर्संरचना गर्ने भन्दै त्यसका लागि नेताहरूलाई तयार रहन भनेका थिए । सोही बेलादेखि श्रेष्ठले आफू पदबाट राजीनामा दिन र कानुन निर्माणमा क्रियाशील हुने बताउँदै आएकी थिइन् ।

श्रेष्ठले सभापति लामिछानेलाई १५ दिनअघि नै राजीनामा बुझाएकी थिइन् । तर, लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन । रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री छन् भने सुमनासँगै विपिन आचार्य सहमहामन्त्री छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार