मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

प्रहरी उपरीक्षक भीम दाहाल ११ दिनदेखि हिरासतमा

देश प्रदेश डेस्क 5423+ समाचार ( )
५ मंगशिर २०८०, मङ्गलबार

झापा नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल ११ दिनदेखि हिरासतमा छन् । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

दाहालले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए । २४ कात्तिकको राति करिब ९ बजे दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो ।

घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

दुर्घटनामा परेको गाडी एसपी दाहालले चलाएका थिए । दुर्घटनामा मोटसाइकल चालक कमल गाउँपालिका– ६ का १९ वर्षीय खगेन्द्र ताजपुरिया सामान्य घाइते भएका थिए । मोटरसाइकलमा सवार १८ वर्षीय पुजन राजवंशी र १८ वर्षीय अनिल मडी गम्भीर घाइते भएका थिए । मडीलाई अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनाको कारण तिब्र गति रहेको प्रहरीले बताएको छ । दुवै सवारी लापरवाहीपूर्ण तरिकाले चलाएका कारण दुर्घटना भएको प्रहरी स्रोतको दाबी छ ।

घटना लगत्तै दाहाललाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको थियो । उनीमाथि दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रिजालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार