मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

रकम लिएर छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

झापा / पर्साकाे पाेखरियामा रकम लिएर नाबालिका छोरीको भारतीय नागरिकसँग विवाह गराएको आरोपमा शुक्रबार प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरिया नगरपालिकाको शिबर्वा निवासी (क ) नाम गरेकी महिलाले रकम लिएर आफ्नै नाबालिका छोरीको भारतीय नागरिकसँग विवाह गराएकी थिइन् ।

प्रहरीमा आफ्नै आमाले बाल विवाह गराएको भन्दै जाहेरी परेपछि (क) नाम गरेकी ती महिलालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार बाल र अन्तरजातीय विवाह गरिदिएको आरोपमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो ।

पीडित नाबालिकाको हजुरबुवाले बुहारीसहित पाँच जना मिलेर नातिनीको बालविवाह गराएको जाहेरी  दिएका थिए । उक्त जाहेरीमा ४ लाख ८० हजार रुपैयाँ लिएर (क) नाम गरेको आमासहित ५ जनाले नाबालिकालाई प्रलोभनमा पारी बालविवाह गर्न लगाएको प्रहरी स्रोतले जानकारी दिएकाे छ ।

प्रहरी स्रोतका अनुसार हजुरबुवाले जाहेरीमा भनेका छन्,‘२३ जेठमा मेरो १३ वर्षीया नातिनीलाई विभिन्न प्रलोभनमा पारी भारतको छपवा सुगौलीमा लगिएको थियो, मेरो बुहारीसहित गाउँका पाँच जनाको संयुक्त योजनामा भारतीय सुनिल तिवारीसंग नगद ४ लाख ८० हजार रुपैयाँ लिएर जबरजस्ती विवाह गराइदिए । जुन घटनाको वास्तविकताबारे नातिनी जब घरमा फर्केर आइन्, त्यो बेला मात्रै थाहा पाइयो ।’

नाबालिकाका बुवा कामको सिलसिलामा भारतमा रहेको बताइएको छ । घटनापछि प्रहरीले थप अनुसन्धानको लागि मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै