मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

एसइईमा भद्रपुर नगरमै उत्कृष्ट नतिजा ल्याएकाे ग्यालेक्सी इङ्लिस स्कूलले कक्षा ११ सञ्चालन गर्ने

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२० आषाढ २०८२, शुक्रबार

झापा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा भद्रपुर नगरमै उत्कृष्ट नतिजा ल्याएकाे   ग्यालेक्सी इङ्लिस स्कूलले कक्षा ११ सञ्चालन गर्ने भएको छ ।

भद्रपुर–९ मा रहेको  विद्यालय २०८१ को एसइइ परीक्षामा नगरकै उत्कृष्ट भएको र कक्षा ११  समेत सञ्चालन गर्न लागिएको शुक्रबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएकाे हाे ।
 
यसै कर्यक्रम मार्फत एसइईमा उत्कृषट अङ्क ल्याउने  विद्यार्थीहरुलाई सम्मान गरिएको थियाे  भने उनीहरुलाई एक वर्ष निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको बताइएको छ । ग्यालेक्सीबाट २३ जनामध्ये २१ जना विद्यार्थी ग्रेडेड भएका छन् । ९२ प्रतिशत रिजल्ट ल्याएको ग्यालेक्सीमा कक्षा ११ मा कम्प्युटर साइन्स तथा बिजनेस स्टडिज विषयमा पढाइ हुने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सञ्चालकहरु सुनिल घिमिरे, देव गोयल, रोनक वंशललगायतले विद्यार्थीलाई सम्मान गरेका थिए । विद्यालयका शिक्षक देवीप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईंले गरेका थिए ।
२०७४ सालदेखि नयाँ व्यवस्थापनले सञ्चालन गर्दै आएको ग्यालेक्सी भद्रपुर नगरको उत्कृष्ट र सफल विद्यालय हो । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको ग्यालेक्सीले यही शैक्षिकसत्रदेखि कक्षा ११ को अध्ययन सुरु गर्न लागेको हो ।
प्याब्सन तथा अन्य प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएको भद्रपुर ९ प्रणामी टोलमा रहेको विद्यालयमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका लागि आफ्नै खेल मैदान रहेको विद्यालयका सञ्चालक सुनिल घिमिरेले बताए ।
विद्यालयमा स्काउटका साथै नृत्य र संगीतका कक्षाहरु सञ्चालनमा रहेका छन् । हालै सम्पन्न कक्षा ५ र ८ को रिजल्टमा भद्रपुर नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल ग्यालेक्सीमा भौतिक रुपमा सुविधा सम्पन्न भवन र कक्षाकोठा रहेको कायर्क्रम सञ्चालक चम्लागाईंले बताए ।
साढे छ बिघा क्षेत्रफलमा रहेको विद्यालयमा विद्यार्थीको सुविधाका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको छ । प्रिपाइमेरीका लागि छुट्टै खेल्ने ठाउँको व्यवस्था गरिएको छ ।
बालमैत्री वातावरणमा पढाइ हुने विद्यालयले विद्यार्थीको सुविधाको लागि मेचीनगरका धाइजन, चारआली, ज्यामिरगढी र धुलाबारीसम्म बसको व्यवस्था गरेको छ । त्यस्तै, भद्रपुरका चन्द्रगढी र ज्ञानेचोकसम्म विद्यालयको बस जानेआउने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै